IME Life New

अवैध मुद्रा निर्मलीकरण नियन्त्रणका लागी बीमा कम्पनीकाे बेवास्ता, कर्मचारीमा छैन पर्याप्त ज्ञान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले बीमामार्फत् हुने मुद्रा निर्मलीकरण नियन्त्रण गर्नका लागी बीमा कम्पनीहरुलाई बीमा प्रस्ताव मूल्या‌ंकनकाे चरणमा सावधानी अपनाउन सचेत गराउँदै आएपनि  बीमा कम्पनीकाे जनशक्तिकाे ठूलाे हिस्सा यसबारे अनभिज्ञ रहेकाे छ।

मुद्रा निर्मलीकरण नियन्त्रण सम्बन्धमा नेपाल सरकारले जारी गरेकाे सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, नियमावली तथा नेपाल बीमा प्राधिकरणले जारी गरेकाे सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५  काे प्रावधान पूर्ण पालना गरेर मात्र बीमालेखकाे प्रस्ताव स्वीकृत गर्न र बीमाशुल्क संकलन गर्न समितिले पटक पटक निर्देशन जारी गर्दै आएपनि बीमा कम्पनीहरु यस विषयमा अझै सम्म सचेत हुन सकेका छैनन् ।

Esewa
Crest

बीमा कम्पनीकाे अधिका‌ंश कार्यालयहरू दुईदेखि चारजना कर्मचारीकाे भरमा स‌ंचालनमा रहेका हुन्छन् । पछिल्लाे समयमा व्यवसाय वृद्धिदर खुम्चिन थालेपछि संचालन खर्च नियन्त्रण गर्ने उद्देश्यले अधिकांश कम्पनीले करार कर्मचारी वा प्रशिक्षार्थी कर्मचारीलाई प्राथमिकता दिइरहेका छन् । यस्ताे अवस्थाका कारण अनुभवी कर्मचारीकाे अभाव हुँदा सम्पत्ती शुद्धिकरण सम्बन्धमा सामान्य अभिमूखीकरण समेत प्राप्त गरि नसकेकाे जनशक्ति अग्रप‌ंक्तिमा रहेर बीमा प्रस्ताव संकलन गर्ने कार्यमा संलग्न हुँदा जाेखिम बढेकाे छ ।

नेपाल बीमा प्राधिकरणले २०७९ मंसिर ६ गते जारी गरेकाे परिपत्रमा बीमालेखमा हितग्राही मनाेनित उल्लेख गर्दा उच्च राजनीतिक पृष्ठभूमीकाे व्यक्ति भए नभएकाे यकीन गर्न निर्देशन दिइएकाे छ। तर अधिकांश बीमा कम्पनीका कर्मचारीहरू यस्ताे व्यक्तिबारे अनभिज्ञ छन् । बीमा कम्पनीकाे शाखा तथा उपशाखा कार्यालयहरूमा मुद्रा निर्मलीकरणकाे संभावनालाई नियन्त्रण गर्नका लागी बीमालेखकाे प्रस्ताव स्वीकृत गर्नुअघि निगरानी गर्नुपर्ने व्यक्तिहरूबारे कुनै नामावली उपलब्ध छैन ।

एकल बीमाशुल्क भुक्तानी गर्ने वा वर्षदिनमा एक लाख रूपैयाँ वा साेभन्दा बढी बीमाशुल्क तिर्ने गरी जारी गरिएकाे जीवन बीमालेखकाे हकमा सम्बन्धित बीमितबारे काराेबार सीमा सम्बन्धी जानकारी नेपाल राष्ट्र बैंक मातहत रहेकाे वित्तीय जानकारी इकाईमा गाे एमएल सफ्टवेयरमार्फत् नियमितरुपमा दिने भएपनि

AML-CFT-circular-1

पच्चीस लाख रुपैयाँभन्दा बढी बीमा‌ंककाे बीमालेख प्रस्ताव स्वीकार गर्दा बीमित र इच्छ्याएकाे व्यक्तिबीचकाे नाता खुल्ने कागजात अनिवार्यरूपमा संकलन गर्न समेत प्राधिकरणले निर्देशन दिएपनि बीमित बिच्किने वा बीमालेख बिक्री नहुने वा अन्य कुनै कम्पनीले व्यवसाय उछिट्याउने भयले जीवन बीमा कम्पनीले सहजै प्रस्ताव स्वीकार गरिरहेकाे पाइएकाे छ ।

यसबाहेक विद्युतीय माध्यमबाट काराेबार गर्ने ग्राहक, उच्च जाेखिम देखिएका ग्राहक, उच्च नेटवर्थ भएका ग्राहककाे हकमा ग्राहक पहिचान फारम अनिवार्यरुपमा भर्नुपर्ने भएपनि अधिकांश जीवन बीमा कम्पनीले यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याएका छैनन् । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५ मा निर्देशन जारी भएपछि पहिलो पटकको लागि विद्यमान ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि अद्यावधिक गर्ने कार्य २०७५ साल चैत्र मसान्तसम्म सम्पन्न गर्नु पर्नेछ भन्ने प्रावधान भएपनि अधिकांश जीवन बीमा कम्पनीले ग्राहककाे पहिचान अध्यावधिक गरेका छैनन् ।

कर्मकाण्डी बन्याे अभिमूखीकरण तालिमः

जीवन तथा निर्जीवन बीमा कम्पनीले प्रत्येक वर्ष आफ्ना कर्मचारीलाई मुद्रा निर्मलीकरण र आत‌ंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण तालिम संचालन गर्न समेत प्राधिकरणले निर्देशन दिंदै आएकाे छ । तर बै‌ंक तथा वित्तीय संस्थाहरू जस्तै निरन्तर अभिमूखीकरण गरेर बीमा क्षेत्रकाे जनशक्तिलाई सचेत बनाउने उद्देश्यले यस विषयलाई अझैसम्म प्राथमिकतामा पारेका छैनन् । अधिकांश बीमा कम्पनीले वार्षिकरूपमा आयाेजना हुने कर्मचारी सम्मेलन, विभागीय प्रमुखकाे सम्मेलन, वा अभिकर्ता तालिम कार्यक्रममा मुद्रा निर्मलीकरण सम्बन्धमा स‌ंक्षिप्त जानकारी मात्र दिने प्रवृत्ती देखिएकाे कर्मचारीकाे गुनासाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS