IME Life New

अवैध कारोबारको लेनदेनमा सीआईबीले बढायो निगरानी, दियो यस्तो चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)ले अवैध कारोबारमा हुने लेनदेनमा निगरानी बढाएको छ। विदेशमा कमाएको पैसा बैंकिङ च्यानलबाट नपठाई अवैध तरिकाले सर्वसाधारणको बैंक खातामा पठाउने कार्यलाई नियन्त्रण गर्न सीआईबीले निगरानी बढाएको हो।

अनुसन्धानको क्रममा विदेशी मुलुक जस्तैः संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुबेत, अस्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जन गरी पठाएको विप्रेषण (रेमिट्यान्स) बापतको रकम वैधानिक प्रक्रियाबाट नेपाल नपठाउने गरेको पाइएको सीआईबीले जनाएको छ। ‘त्यसरी नपठाई विदेशमा रहेका विभिन्न हुन्डी तथा इलिगल मनी सर्भिस बिजनेसमा संलग्न व्यक्ति तथा संस्थामार्फत पठाउने र त्यस्ता कारोबारीले त्यस्तो रकम विभिन्न देशमा क्रिप्टोलगायत विभिन्न माध्यममार्फत पठाई सुनलगायत विभिन्न अवैध सम्पत्तिमा लगानी गर्ने गरेको पाइएको छ’, सीआईबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता समूहले नेपालमा रहेका एजेन्टमार्फत नेपालमा त्यस्ता अवैध वस्तुहरु बिक्रप्बाट प्राप्त रकम विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गरेको देखिएको छ।’

Esewa
Crest

विदेशमा रहेका नेपाली नागरिकबाट प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानब तस्करी, भ्रष्टाचार, गैरकानुनी सम्पत्तिको आर्जन, आतंककारी क्रियाकलापमा लगानी र अभौतिक (क्रिप्टो) मुद्रामा लगानी गर्ने साथै सोको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको सीआईबीले जनाएको छ। ‘यसबाट नेपालमा विदेशबाट प्राप्त हुने विदेशी मुद्राको संचितिमा हास, पुँजी पलायन, अनौपचारिक अर्थतन्त्रमा वृद्धि हुन गई अर्थतन्त्र धराशायी हुने, अर्थतन्त्रमा प्रतिकूल प्रभाव परी विकास निर्माणमा असर पर्ने, मूल्यमा अस्थिरता एवम् उतारचढाव, लगानीको सुरक्षासम्बन्धी जोखिम बढ्दै जान्छ’, सीआईबीले भनेको छ, ‘त्यसैले नेपाल बाहिर तथा नेपालमा रहेका सबै नेपाली नागरिकको उल्लिखित अवैध कारोबार रोक्ने तथा गर्ने गराउनेलाई निरुत्साहित गर्नका लागि सम्बन्धित निकायमा जानकारी गराउनु सर्वसाधरण नागरिकको कर्तव्य पनि हो।’

यसरी विदेशमा वा नेपाल सरहदभित्र रही उल्लिखित अवैध कारोबारमा संलग्न रहेको पाइएमा संलग्नहरुउपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा मुलुकी अपराध संहिता, २०७४, संगठित अपराध निवारण ऐन, २०७० लगायत प्रचलित कानुनबमोजिम कारबाही हुन सक्ने सीआईबीले चेतावनी दिएको छ। ‘त्यसैले वैदेशिक रोजगार तथा अध्ययनको सिलसिला एवं विदेशमा स्थायी रुपमा बसोबास गरेका नेपाली नागरिकका नेपालमा रहेका आफन्तले प्राप्त गरेको रकम को–कसले बैंक खातामा जम्मा गरेको हो सोको जिम्मेवारी स्वयं खातावालाको हुने भएकोले बैंक स्टेटमेन्ट चेकजाँच गरी वैध प्रक्रियाबाट रकम आएको हो वा होइन रुजु गर्न र अवैध प्रक्रियाबाट निक्षेप भएको भए सम्बन्धित निकायमा वा यस कार्यालयमा जानकारी दिन हुन सर्वसाधारण सबैमा अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै त्यस्तो अवैध प्रक्रियाको हिस्सेदारी नबन्न, वैध प्रक्रियाबाट मात्र रकमको कारोबार गर्न र वैध भए नभएको सुनिश्चितता समेत गर्न सम्पूर्ण सर्वसाधारणमा हार्दिक अपिल गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS