काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४१४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
उक्त परिमाणको शेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि असार २ गतेबाट विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको शेयरमा संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको हो ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।












