IME Life New

अलविदा नेपाली बीमा जगतका संस्थापक कुवेर प्रसाद शर्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल सरकारले पहिलो जीवन बीमा कम्पनी ‘राष्ट्रिय बीमा संस्थान’ सञ्चालन गर्ने निर्णय गर्यो। तर संस्थानको कार्यकारी भुमिका कसलाई दिने ? अलमलमा थियो। यसै क्रममा सरकारले नेपालकै पहिलो बैंक ‘नेपाल बैंक’ मा कार्यरत नेपालकै पहिलो चार्टर्ड एकाउण्टेन्ट ‘कुवेर प्रसाद शर्मा’लाई नेपालकै पहिलो बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानमा ल्याउने निर्णय गर्यो। यसरी पहिलो व्यक्तिको रुपमा चिरपरिचित बीमा क्षेत्रका पहिलो कार्यकारी प्रमुख डा. कुवेर प्रसाद शर्माको शुक्रवार साझ ८१ वर्षको उमेरमा निधन भएको छ।

संस्थानले गत फागुन ११ गते ५४ औ वार्षिकोत्सव मनाएको चौथो दिनमा शर्माले भने यस संसारलाई छाडेका छन्। बीमा क्षेत्रका पिताका रुपमा कहलिएका पहिलो चार्टर्ड एकाउण्टेन्ट कुवेर प्रसाद शर्मा हक्की स्वभावका थिए। नेपाल बैंकमा काम गरिरहेका शर्मालाई सरकारले संस्थानको पहिलो कायम मुकाय प्रमुखको रुपमा ‘महाप्रवन्धक’ पदमा नियुक्त गरेको थियो। उनि महाप्रवन्धक रहदा रहदै सरकारले व्यवस्थापन प्रमुखका रुपमा जेआर लिन्चलाई नियुक्त गर्यो। लिन्च प्रमुखको रुपमा नियुक्त भए पछि संस्थानले शर्मालाई उप महाप्रवन्धकको रुपमा बढुवा गर्यो। शर्मा प्रमुख हुँदा संस्थानका अध्यक्ष भने डा. भेष बहादुर थापा थिए।

Esewa
Crest

डा. कुवेर प्रसाद शर्माले बीमा संस्थानको संस्थापनाको रुपमा काम गर्नु भएको बीमा विज्ञ भोजराज शर्मा बताउछन्। उनले भने, ‘ड्यासिङ पर्सनालिटिको हुनुहुन्थ्यो। उहालाई तुरुन्ता तुरुन्तै काम चाहिन्थ्यो।’

नेपाल बैंकले नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना गरेर २००४ सालदेखि बीमा व्यवसाय सुरु गरे पछि पुर्ण रुपमा बीमा व्यवसाय गर्ने कम्पनीको रुपमा भने राष्ट्रिय बीमा संस्थान नै पहिलो कम्पनी हो। सुरुवाति दिनमा ‍जीवन तथा निर्जीवन दुबै किसिमको बीमा व्यवसाय गरेको थियो। लिन्चको आगमन सँगै पहिलो कायम मुकाय प्रमुख शर्माले तीन वर्षको सेवा अवधिकै संस्थानबाट विदा लिए।

संस्थानबाट विदा लिए पछि उनि पुनः राजनीतिमा होमिएका थिए। २००७ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सहभागि शर्मा २०४७ सालको प्रतिनिधि सभाको निर्वाचनमा सप्तरी जिल्लाबाट निर्वाचित भएका थिए।

उनि राजनीति सँगै सञ्चार माध्यममा पनि संलग्न थिए। निर्मल साप्ताहिकमा २०२७ देखि २०२९ सम्म, जनआंकाक्षा साप्ताहिकमा २०३६ सालमा र राजधानी साप्ताहिकमा २०४२ सालमा प्रकाशक र सम्पादनमा सहयोगी थिए। २०५९ सालमा प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको मन्त्रिमण्डलमा शर्मा पर्यटन मन्त्री भएका थिए।

सप्तरी जिल्लाको राजगढमा १९९४ असार ६ गते जन्मिएका शर्माका श्रीमती र तीन छोरी रहेका छन्। उनको अन्तिम संस्कार परिवारले शनिवार सम्पन्न गरेको छ। धेरै क्षेत्रमा योगदान दिएका शर्मालाई बीमा क्षेत्रले भने सधै सम्झिरहने छ। शर्मा यस संसारबाट विदा हुदै गर्दा उनले बीमा क्षेत्रमा पुर्याएको योगदान भने अविष्मरणिय रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS