IME Life New

अर्थमन्त्री र लगानीकर्ताको बुझाइमा फरक पर्दा दोस्रो बजारमा पहिरो, दुई दिनमा ९२ अंकले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत र लगानीकर्ताको बुझाइमा फरक पर्दा शेयर बजारमा ठुलो पहिरो गएको छ । अर्थमन्त्री महतले आयकर ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने हिसावले अगाडी बढ्दा लगानीकर्ता पेनिक भएका छन् ।

विगतका सरकारले लगानीकर्ताले भुक्तानी गर्दै आएको पूँजीगत लाभकर नै अन्तिम भएको भन्दै यस विषयलाई चलाउन सकेको थिएन । तर सरकारले आयकरलाई पनि प्राकृतिक व्यक्तिको आम्दानी मानेर थप कर निर्धारण गर्न निर्देशन दिए पछि लगानीकर्ता त्रसिद बनेका हुन् ।

Esewa
Crest

विगतका वर्षमा कर चुक्ता प्रमाणपत्र पाइसकेका लगानीकर्तालाई आर्थिक वर्ष २०७६/७७ देखि आफुले भुक्तानी गर्नु पर्ने करको स्वघोषणा गर्नु भन्नु पक्कै पनि व्यवहारिक हुँदैन । यहि व्यवस्थालाई लिएर अर्थमन्त्री डा. प्रकाश शरणले उल्टै आफुले व्याज तथा ५० प्रतिशत रकम मिनाहा गरिदिएको दाबी गरेका छन् । उनले सार्वजनिक कार्यक्रमहरुमा आफुले लगानीकर्ताको हितामा काम गरेको बताए पनि लगानीकर्ताहरु उनको कदम मान्न तयार छैनन् ।

लगानीकर्ताले पूँजीगत लाभलाई अन्तिम कर मान्न अनुरोध गरेका छन् । हिजोका दिनमा आन्तरिक राजश्व विभागले पनि पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्दै आएको थियो । तर अहिले आएर पुन कर भुक्तानी गर्नु पर्यो भन्दा लगानीकर्ताहरु आक्रोसित भएका हुन् ।

सरकारले यसरी विगतका तीन आर्थिक वर्षको पूँजीगत लाभलाई आम्दानीमा देखाएर त्यस बापत कर भुक्तानी गर्न निर्देशन दिए सँगै भोलिका दिनमा पनि दोस्रो बजारबाट भएको आम्दानीलाई व्यक्तिले आफ्नो आम्दानीमा देखाएर सोहि बमोजिम कर भुक्तानी गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

यहि कारणले हिजो मंगलबार र आज बुधबार नेप्से सूचक ९२ अंकले घटेको छ । हिजो ५३ अंक भन्दा धेरैले घटेको नेप्से सूचक आज भने ३८.८३ अंकले घटेको छ । आज कारोबार सुरु हुने वित्तीकै घट्न थालेको थियो ।

आज दोस्रो बजारमा २ अर्ब ३१ करोड रुपैयाँको खरिद बिक्री भएको छ । २०३ वटा कम्पनीको शेयर मूल्य घट्दा १६ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा आज पनि सर्किट लाग्ने क्रममा २००० रुपैयाँ पुगेको छ । आज सर्वाधिक धेरै प्रभु बैंकको संस्थापक शेयरको कारोबार भएको छ । यसको ३४ करोड ४२ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS