IME Life New

अर्थतन्त्र कठिन माेडमा रहेका बेला कृष्णहरिले पुनः पाए अर्थ सचिवकाे जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। मन्त्री परिषद् बैठकले अर्थ सचिव पदमा डा‍. कृष्णहरि पुष्करलाई पुनः नियुक्त गरेकाे छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयमा रहेका उनलाई शुक्रबारकाे मन्त्री परिषद् बैठकले अर्थ सचिवकाे जिम्मेवारी दिने निर्णय गरेकाे हाे । सरकारले अर्थ सचिव अर्जुन पाेखरेलकाे अन्यत्र सरुवा गरेर उनलाई अर्थ मन्त्रालयमा भित्र्याएकाे हाे ।

सचिव पुष्कर मन्त्री परिषद् कार्यालयमा सरुवा हुनु अघि सामान्य प्रशासन मन्त्रालयकाे सचिव रहेका थिए । यसअघि २०७८ असार ४  मा सचिव पदमा बढुवा भएका पुष्करलाई यस अघि २०७८ भदाै ११ मा राजश्व सचिवकाे जिम्मेवारी दिइएकाे थियाे । पुष्करले १४ महिनापछि पुनः अर्थ मन्त्रालयमा सचिवकाे हैसियतमा प्रवेश पाएका हुन् ।

Esewa
Crest

पुष्कर अर्थमा सचिव हुँदा कार्य सम्पादनका कारण भन्दा पनि करकाे दर हेरफेर, अर्थमन्त्रालयकाे सिसिटिभी फुटेज गायब पारेकाे लगायतका विषयका कारण चर्चामा रहेका थिए । अहिले मुलुककाे आर्थिक अवस्था निक्कै कमजाेर रहेकाे र महँगी उच्च दरमा वृद्धि भइरहेका बेला अर्थ सचिवकाे रुपमा पुष्करले नीतिगत सुधारकाे माध्यमबाट बढ्दाे व्यापार घाटा नियन्त्रण र निर्यात प्रवर्द्धनसँगै विदेशी मुद्रा आर्जन गर्नुपर्ने चुनाैतीकाे सामना कसरी गर्नेछन् भन्ने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

0%
sad

दु :खी

9%
amazed

अचम्मित

0%
excited

उत्साहित

18%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS