IME Life New

अर्थतन्त्रमा निरन्तरको सुधारले श्रीलंकाको बीमा उद्योग लाभान्वित हुने अपेक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले आर्थिक गतिविधिमा निरन्तरको सुधारबाट बीमा उद्योग लाभान्वित हुने अपेक्षा गरिएको बताएका छन्।

डेली मिररमा प्रकाशित समाचारअनुसार गर्भनर विरासिंघेले सुधारिएको व्यावसायिक अवस्था, न्यून मुद्रास्फीति र घटेको ब्याजदरले परम्परागत वित्तीय उत्पादनमा बीमा सेवाको माग बढाउने सम्भावना रहेको बताएका छन् । ‘अहिलेले श्रीलंकाको बीमा उद्योग पर्याप्त रुपमा विस्तार हुन नसकेको अवस्था छ’, उनले भने, ‘अर्थतन्त्र पुनरुत्थानको बाटोमा अघि बढ्दै जाँदा आर्थिक वृद्धिदर बढाउन बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्छ।’

Esewa
Crest

विरासिंघेले श्रीलंकाको बीमा उद्योग अन्य क्षेत्रको तुलनामा सानो भए पनि यसको उल्लेखनीय वृद्धिको सम्भावना रहेको पनि बताए। ‘सन् २०२३ मा जीडीपीमा बीमा उद्योगको ०.८ प्रतिशत योगदान रहेको थियो’, उनले भने, ‘विगतको दशकमा २ प्रतिशतभन्दा कम रहेको छ।’

स्थानीय बीमा कम्पनीले उपयुक्त जोखिम साझेदारी संयन्त्रमार्फत अवसरहरु खोज्दै आफूलाई सुरक्षित राख्दै अगाडि बढ्नुपर्ने विरासिंघेको निष्कर्ष रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS