IME Life New

अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ बाट एनसेल सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ। एनसेलका तर्फबाट एनसेलका सेल्स म्यानेजर अभयकुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशीष तिवारीबाट उक्त अवार्ड ग्रहण गरेका थिए।

एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरीअन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो। एनसेलले जितेको अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउँछ। यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरु, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यहरुको सम्मान हो।

Esewa
Crest

‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं। यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो। नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो’, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिदै ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्नेछौँ।’विभिन्न विधा अन्तर्गतका अवार्ड विजेताहरु निश्चित मापदण्डभित्र रही निर्धारण गरिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS