IME Life New

अर्काकाे बीमा याेजना नक्कल गर्ने प्रवृत्ती त्याग्न बीमा कम्पनीहरूलाई बीमा प्राधिकरणकाे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई मौलिक बीमालेख प्रचलनमा ल्याउन निर्देशन दिएको छ । संचालनमा रहेका १९ वटै जीवन बीमा कम्पनीले बिक्री गर्ने अभ्यास नरोकिएपछि प्राधिकरणले लिखितरुपमै सुझाव सहितको निर्देशन जारी गरेको हो ।

सावधिक, बालबालिकाको बीमा, अग्रिम भुक्तानी सावधिक, आजीवन, म्यादी, लघु बीमा लगायतका सबै खाले बीमा योजनाहरु सबै कम्पनीको सबैसँग ८० शत प्रतिशतसम्म मेल खान्छ । बीमितले कुनै एउटा जीवन बीमकको बीमालेख बारे जानकारी प्राप्त गर्यो भने १९ वटै कम्पनीको बीमालेखबारे विशेषताबारे जानकारी भई सकेको हुन्छ ।

Esewa
Crest

अधिकांश जीवन बीमा कम्पनीहरुले प्रेस विज्ञप्ती जारी गरेर नयाँ बीमालेख प्रचलनमा ल्याएको भन्दै गरिएको घोषणा झूठ मात्र हो । प्रतिस्पर्धी कुनै बीमकले पहिले देखि नै प्रचलनमा ल्याइ सकेको बीमालेखको सबै विशेषता चोर्ने र बीमांकीलाई त्यही विशेषता भएको बीमालेखको टेक्निकल नोट(प्राविधिक टिप्पणी) तयार पार्न लगाएर नियामकबाट स्वीकृत गराउँदै प्रचलनमा ल्याउने प्रवृत्ति व्याप्त छ ।

जीवन बीमालेख योजना तयार पार्ने जिम्मेवारी पाएको विभाग वा स्वयम् प्रमुख कार्यकारी अधिकृत समेत बजारमा कुन कम्पनीको कुन बीमालेख सर्वाधिक लोकप्रिय छ, त्यसबारे पर्याप्त जानकारी हासिल गर्ने र त्यसको नक्कल गर्ने प्रवृत्ति हावी छ ।

यस बाहेक छिमेकी मुलुक भारतमा वषौं अघि बिक्री बन्द गरिएको वा वर्षौदेखि प्रचलनमा रहेको बीमा योजनाको नक्कल गरेर नेपालमै पहिलो भन्दै धाक लगाउने प्रवृत्ति व्याप्त छ ।

पछिल्लो समय बीमा प्राधिकरणले दक्ष बीमांकीहरुबाट नै प्रत्येक प्रस्तावित जीवन बीमालेखको विस्तृत अध्ययन गराउने, टेक्निकल नोटको विश्लेषण गराउने, बीमालेखमा उल्लेखित शर्त तथा विशेषताहरु बीमितको हित अनुकूल रहे नरहेको सावधानीपूर्वक जाँच्ने, बीमायाेग्य हित भए नभएकाे बारे समेत ध्यान दिन थालेको छ ।

पहिले व्यक्तिगत सम्बन्धका आधारमा फ्याट्टै प्रोडक्ट(बीमा योजना) स्वीकृत हुन्थ्यो,एकजना उच्च अधिकृतले भने,अचेल स्वीकृति गर्नु अघि धेरै खाले क्वेरी(जिज्ञासा) प्राधिकरणले तेर्स्याउन थालेकाले
प्रडक्ट स्वीकृत गराउन सहज छैन ।

प्रस्तावित बीमा योजनाबारे विस्तृत अध्ययन गरेर स्वीकृतिको लागी सहमति दिने प्राधिकरणको बीमांकी र विज्ञले सबै जीवन बीमकबाट उस्तै विशेषताको बीमा योजनाहरु प्रस्ताव भइरहेको गुनासो गरेपछि बीमा प्राधिकरणको नेतृत्वले यसबारे चासो देखाएको हो ।

प्राधिकरणबाट जारी गरिएको पत्र र जीवन बीमालेख नक्कल गर्ने प्रवृत्ति व्याप्त रहेको नेपालको जीवन बीमा बजारका लागी अहिले तलका पंक्ति सान्दर्भिक देखिन्छ:

प्राधिकरणबाट चिठ्ठी आयो,
मौलिक बीमा योजना आउँँला,
कहाँबाट ल्याउँला,
चोरी गरी ल्याउँला
धत्त पापी म त तिम्रै चोरी जाउँला……..

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS