IME Life New

अमेरिकी सरकारी कर्मचारीलाई एलन मस्कले पठाए ई-मेल, जबाफ नपठाउनेको जागिर जाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सीका प्रमुख एवं विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क अमेरिकी सरकारी कर्मचारीहरुले शनिबार दिउँसो ई–मेल पठाएका छन्।

ई–मेलमा गत साता पूरा गरेका कामको सूचीसहित जबाफ पठाएन भनिएको छ। जबाफ नपठाउनेले कर्मचारीले राजीनामा दिन सक्ने मस्कले उल्लेख गरेका छन्।

Esewa
Crest

केही दिनअघि मस्कले एक्समा एउट पोस्ट गरेका थिए। जसमा उनले भनेका थिए, ‘सरकारी कर्मचारीहरुले छिट्टै ई–मेल पाउनेछन्, यसको उद्देश्य उनीहरुले गत साता के कस्ता काम पूरा गरेका छन् भन्ने थाहा पाउनु हो।’

मस्कले लेखेका थिए, ‘यदि तपाइँ यो ई–मेलको जबाफ दिन असफल हुनुभयो भने यो तपाइँको राजीनामा मानिनेछ।’

डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सीको उद्देश्य अमेरिकी सरकारको खर्च कटौती गर्नु हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सलाई सम्बोधन गरेपछि कर्मचारीहरुले यो ई–मेल प्राप्त गरेका थिए। यो ई–मेलको सब्जेक्ट लाइनमा लेखिएको थियो, ‘तपाइँले गत हप्ता के गर्नुभयो ?’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS