IME Life New

अमेरिकी डलरकाे अभावमा बंगलादेशी बीमकले विदेशी पुर्नबीमकलाई भुक्तानी गर्न सकेनन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विदेशी मुद्राकाे स‌ंचिति घटेपछि बंगलादेशी बीमा कम्पनीहरूले विदेशी पूनर्बीमा कम्पनीलाई पूनर्बीमा शुल्कवापतकाे रकम भुक्तानी गर्न असमर्थ भएका छन् । ब‌ंगलादेशमा इजाजत प्राप्त ४६ मध्ये १२ वटा बीमा कम्पनीले विदेशी मुद्राको अभावमा पूनर्बीमकलाई १० कराेड डलरभन्दा बढी रकम भुक्तानी गर्न नसकेका हुन् ।

सन् २०२२ मा ब‌ंगलादेशी बीमा कम्पनीले सन् २०२२ मा कूल १५ कराेड अमेरिकी डलर पूनर्बीमा शुल्क बराबरकाे पूनर्बीमा गराएकाे न्यू एज अनलाइनले उल्लेख गरेकाे छ।

Esewa
Crest

तयारी पाेशाककाे निर्यात व्यापारमा आएकाे तेजीसँगै ब‌ंगलादेशमा बीमाको माग बढेको छ । निर्यात व्यापारमा सुधारका कारण वैदेशिक मुद्रा आर्जनमा सुधार देखिए पनि विप्रेषण आप्रवाहमा तीब्र गिरावट आएपछि केन्द्रीय बै‌ंक बंगलादेश बैंकको चालू खाता मौज्दातले गत अप्रिल २०२२ देखि नै दबाबको सामना गरिरहेको स्थानीय स‌ंचार माध्यमले उल्लेख गरेका छन्।

बै‌ंक बंगलादेश बैंककाे वेबसाइटमा उल्लेखित विवरण अनुसार आर्थिक वर्ष २०२१।२०२२ काे जुलाई साउन १५ देखि जुन असार १५ सम्मकाे अवधिमा कूल विदेशी मुद्रा संचिति ४८०६० मिलियनदेखि ४१८२६ मिलियन डलरसम्म रहेकाे थियाे । चालू आर्थिक वर्ष २०२२।२३ काे जुलाईमा ३९५९९ मिलियन डलर रहेकाेमा गत फेब्रुअरी महिनामा ३२२६७ मिलियन डलरमा झरेकाे छ।

विदेशी मुद्राकाे अभाव निर्जीवन बीमा कम्पनीहरूलाई धेरै परेकाे छ। न्यून क्रयशक्तिका कारण ठूलाे बीमा‌ंककाे जीवन बीमा थाेरै हुने भएकाले बंगलादेशी जीवन बीमा कम्पनीले पूनर्बीमा कम्पनीलाई भुक्तानी गर्नुपर्ने दायीत्व न्यून छ।

स्थानीय स‌ंचारमाध्यसँगकाे कुराकानीका क्रममा बंगलादेश बीमक संघकाअध्यक्ष शेख कबिर हुसेनले विदेशी मुद्राको अभावमा भुक्तानीका लागी समस्या भएकाे बारे कुनै पनि बीमकले संघ समक्ष गुनासाे नगरेकाे दाबी गर्दै पूनर्बीमा शुल्क भुक्तानीकाे खासै समस्या नभएकाे प्रतिकृया दिएका छन् ।

बंगलादेशी बीमा नियामक बीमा विकास तथा नियामक प्राधिकरणले बीमकले आफ्नाे कूल व्यवसायकाे जाेखिम पूनर्बीमा गराउँदा ५० प्रतिशत व्यवसाय सरकारी स्वामित्वको पूनर्बीमक साधारण बीमा निगम (एसबिसी) मार्फत पूनर्बीमा गर्नुपर्ने प्रावधान छ। बाँकी ५० प्रतिशत पूनर्बीमा जाेखिम स्वदेशी वा विदेशी जुनसुकै पूनर्बीमकसँग् गराउन सकिने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS