IME Life New

अमेरिकामा कारको मूल्य सस्तिँदा पनि किन बीमाको प्रिमियम महँगो ? यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा कारको मूल्य सस्तिँदा पनि बीमाको प्रिमियम भने निकै बढेको छ।

अमेरिकामा बुधबार सार्वजनिक भएको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार पछिल्लो १ वर्षको अवधिमा अमेरिकामा कारको बीमा प्रिमियम १८.६ प्रतिशतले बढेको छ। सीपीआईले मूल्यांकन सामान र सेवामा कार बीमाको प्रिमियममा तेस्रो धेरै बढोत्तरी भएको हो।

Esewa
Crest

वार्षिक आधारमा भने कार बीमाको प्रिमियम २२.२ प्रतिशतले बढेको छ। यो दरमा सन् १९७६ मा अमेरिकामा कार बीमाको प्रिमियम बढेको सीपीआईको तथ्यांकले देखाएको छ।

अमेरिकामा नयाँ, पुराना र भाडाका कारको मूल्य भने घटेको छ। पछिल्लो एक वर्षमा अमेरिकामा नयाँ कारको मूल्य ४.४ प्रतिशत, भाडाका कारको मूल्य ६.२ प्रतिशत र पुराना कारको मूल्य १०.९ प्रतिशतले घटेको छ।

कारको मूल्य घटे पनि बीमाको प्रिमियम बढ्नुमा छुट्टै कारण रहेको केपीएमजीको अमेरिका इन्स्योरेन्स डिभिजनका प्रमुख स्टक सापिरो बताउँछन्। ‘कार बीमाको प्रिमियम बढ्नुमा थुप्रै कारण छन्’, उनले भने, ‘बढ्दो दुर्घटनाको आँकडाले बीमाको प्रिमियम बढेको हो।’

गत वर्ष अमेरिकामा भएका कार दुर्घटनाहरुमा ४१ हजार मानिसको ज्यान गएको थियो। जुन अघिल्लो वर्षको तुलनामा ८ हजारको संख्याले बढी रहेको नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेजनले जनाएको छ। यी घटनाका कारण दाबी बढेपछि कार बीमाको प्रिमियम पनि बढेको हो। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS