IME Life New

अमेरिकामा काम गर्न चाहिने एच-१बी भिसाको रजिस्ट्रेसन बन्द हुँदै, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको एच–१बी भिसाको रजिस्ट्रेसन चाँडै बन्द हुँदैछ। अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस)ले एक विज्ञप्ति जारी गर्दै एच–१बी भिसाको रजिस्ट्रेसन बन्द गर्न लागिएको जानकारी गराएको हो। यूएससीआईएसले वर्ष २०२५ का लागि एच–१बी भिसाको प्रारम्भिक रजिस्ट्रेसन मार्च २२ मा सकिने जनाएको छ।

अमेरिकामा काम गर्ने विदेशी नागरिकलाई एच–१बी भिसा चाहिन्छ। यसको रजिस्ट्रेसन विन्डो मार्च ६ मा खोलिएको थियो। यूएससीआईएसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एच–१बी भिसाको रजिस्ट्रेसन मिति मार्च २२ मा दिउँसो १२ बजे (नेपाली समयअनुसार राति ९ः४५ बजे) समाप्त हुनेछ।

Esewa
Crest

रजिस्ट्रेसन अनलाइन हुनेछ। यसका लागि आवेदकंले myUSCIS खाता प्रयोग गर्नुपर्नेछ। आवेदन र त्यसको शुल्क पनि यसमार्फत मात्र भरिनेछ। रजिस्ट्रेसनका लागि आवेदकले वैध राहदानी विवरण र वैध यात्रा कागजातका बारेमा जानकारी प्रदान गर्नुपर्नेछ। यदि कुनै अनियमितता भेटिएमा आवेदन रद्द गरिने यूएससीआईएसले जनाएको छ।

रजिस्ट्रेसन सकिएपछि छनोट हुनेहरुलाई मार्च ३१ सम्ममा आफ्नो myUSCIS अनलाइन खातामा यसबारे जानकारी दिइनेछ। त्यसपछि अप्रिल १ देखि एच–बी क्याप पिटिसनका लागि अनलाइन फारम पेस गरिनेछ। जब कि एच–१बी गैरक्यापका लागि याचिका मिति चाँडै घोषणा गरिनेछ। यूएससीआईएसले गैरआप्रवासी कामदारका लागि आवेदन फारम आई–१२९ र प्रिमियम सेवाका लागि आवेदन फारम आई–९०७ अनलाइन उपलब्ध रहेको जनाएको छ।

वर्ष २०२५ का लागि भिसा आवेदन अप्रिल १ देखि लिइनेछ। वर्षौंपछि अमेरिकी सरकारले पनि भिसा शुल्क बढाएको छ। भिसा शुल्क १० डलरबाट बढाएर ११० डलर पुगेको छ। साथै, एच–१बी भिसाको रजिस्ट्रेसन शुल्क पनि १० डलरबाट बढाएर २१५ डलर पुर्याइएको छ।

एच–१बी भिसा एक गैरआप्रवासी भिसा हो। यसले अमेरिकी कम्पनीहरुलाई विदेशी कामदार राख्न अनुमति दिन्छ। जब कुनै व्यक्ति अमेरिकी कम्पनीमा काम गर्छ, उसलाई एच–१बी भिसा दिइन्छ। अहिलेसम्म कुनै व्यक्तिको एच–१बी भिसाको म्याद सकिएमा त्यसलाई नवीकरण गराउन फेरि आफ्नो देश फर्किनुपर्थ्यो। तर, अब नवीकरण प्रक्रियाका लागि घर आउन नपर्ने भएको छ। अमेरिकामा बस्दा मात्रै भिसा नवीकरण हुनेछ।

एच–१बी भिसाको नवीकरण प्रक्रियालाई सरल बनाउनुले करिब १० लाख विदेशी नागरिकलाई फाइदा पुग्ने बताइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS