IME Life New

अमेरिकाको लस एन्जलसमा डढेलोको कहर, पाँचको मृत्यु, हजारौँ परिवार विस्थापित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकाको लस एन्जलसको जंगलमा लागेको भीषण डढेलोका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो।

वनमा लागेको डढेलोका कारण थप ३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ। यसअघि अधिकारीहरुले २ जनाको मृत्यु भएको पुष्टि गरेका थिए। यी दुवैको मृत्यु अल्टाडेना क्षेत्रको इटनमा भएको डढेलोका कारण भएको हो।

Esewa
Crest

लस एन्जलस काउन्टी फायर चिफ एन्थोनी मारोनका अनुसार इटनको डढेलो अहिले १० हजार ६०० एकडमा फैलिसकेको छ र नियन्त्रणमा आउन सकेको छैन। ‘दुर्भाग्यवश पाँच नागरिकको मृत्यु भएको छ र केही घाइते भएका छन्। हालसम्म १ हजारभन्दा बढी घर वा भवन क्षतिग्रस्त वा पूर्ण रुपमा ध्वस्त भएका छन्’, उनले भने।

एन्थोनी मारोनका अनुसार क्यालिफोर्नियालगायत एरिजोना बाहिरका अधिकारीहरु पनि अग्निनियन्त्रकलाई मद्दत गर्न आएका छन्। लस एन्जलसको जंगलमा लागेको डढेलो लगातार फैलिरहेको छ। डढेलो फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँ आपतकाल घोषणा गरिएको छ र सर्वसाधारणलाई चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS