IME Life New

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित, बनाए १३२ वर्षपछि नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत ल्याएर विजयी भएका छन्। उनी अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन्। जब कि डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले २१९ इलेक्टोरल भोट जितेकी छन् ।

Esewa
Crest

ट्रम्पले अमेरिकाका ७ मध्ये ४ स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्। अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोट छन्। बहुमतका लागि २७० मत भए पुग्छ।

जर्जिया र नर्थ क्यारोलिनामा १६–१६ इलेक्टोरल भोट छन् । जबकि पेन्सिलभेनियामा सबैभन्दा बढी १९ इलेक्टोरल भोट छ । यी तीनबाहेक अन्य स्विङ राज्य नेभाडा, मिशिगन र एरिजोना हुन्।

राष्ट्रपति निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले १३२ वर्षपछि नयाँ रेकर्ड कायम गरेका छन्। सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्तो रेकर्ड बनाएका थिए। पहिलोपटक १८८४ मा २२ औँ राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड १८८८ मा पराजित भएका थिए। त्यसपछि फेरि १८९२ मा २४ राष्ट्रपतिको रुपमा निर्वाचित भएका थिए।

डोनाल्ड ट्रम्प पनि सन् २०१६ मा राष्ट्रपतिमा विजयी भएका थिए। सन् २०२० मा भने उनी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए। अहिले फेरि डेमोक्रेटिक कमला ह्यारिसलाई हराउँदै उनी फेरि अमेरिकाको राष्ट्रपति बनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS