IME Life New

अभिकर्ता लाइसेन्सका लागि पाठ्यक्रम तयार, परीक्षा दिनु अगाडी यस्ता विषयमा ज्ञान लिनै पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको लागि पाठ्यक्रम सार्वजनिक गरेको छ । यससँगै बीमा अभिकर्ताहरुले नयाँ लाइसेन्स लिनका लागि पाठ्यक्रममा आधारित विषयहरुको तयारी गरी परीक्षा दिनुपर्ने भएको छ । नयाँ बीमा ऐन २०७९ ले बीमा अभिकर्ताको लाइसेन्सजारी गर्दा अनिवार्य परीक्षा लिनु पर्ने व्यवस्था गरे सँगै प्राधिकरणले अभिकर्ताको परीक्षाको लागि पाठ्यक्रम तयार पारेको हो ।

बीमा नबुझेका व्यक्तिहरुले बीमा गराएर बीमा क्षेत्रको विस्तार भन्दापनि बीमा क्षेत्रमा उत्पन्न अविश्वासनीयका कारण प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । २०७९ कार्तिक २२ भन्दा अघि बीमा अभिकर्ताको तालिम प्राप्त गरी इजाजत पत्र प्राप्त नगरेका व्यक्तिको हकमा समेत उपरोक्त बमोजिमको परीक्षा उर्तिण गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

Esewa
Crest

परीक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण, परीक्षा संचालन, उत्तरपुस्तिका परीक्षण, नतिजा तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शिता समेत कायम गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, परीक्षाको अंकभार १०० हुने र उर्तिण हुनका लागि ५० अंक ल्याउनुपर्नेछ । प्रश्नहरु वस्तुगत हुनुपर्नेछ र प्रत्येक प्रश्नको अंकभार २ हुनुपर्नेछ, परीक्षा उर्तिण गरेको प्राप्तअंक सहितको प्रमाणपत्र जारी गर्नुपर्नेछ, परीक्षा सम्बन्धी काम कारवाहि सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुमन गर्न सक्ने जनाएको छ । साथै, प्राधिकरण अनुसार परीक्षा सम्बन्धी सबै कागजातहरु सुरक्षित हुनुपर्नेछ छ ।

जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षाको पाठ्क्रम
इकाई १ : जोखिम र जोखिम व्यवस्थापन
जोखिमको अर्थ, जोखिमको वर्गीकरण, बीमा योग्य जोखिम, संकट, खतरा र नोक्सानी, जोखिम व्यवस्थापन जोखिम व्यवस्थापनको तरिका

इकाई २ :बीमाको परिचय
बीमा, जीवन र निर्जीवन बीमाको उद्देश्य, बीमाको प्रकार, बीमाको फाइदा, बीमाको कार्य प्रणाली, बीमा र सम्भाव्यता

इकाई ३ :बीमा अभिकर्ता
बीमा अभिकर्ताको परिचय, बीमा अभिकर्ताको प्रकार, बीमा अभिकर्ताको बीमक प्रतिको दायित्व, बीमा अभिकर्ताको बीमित प्रतिको दायित्व, बीमा अभिकर्ताको बीमक प्रतिको दायित्व, बीमकको बीमा अभिकर्ता प्रतिको दायित्व, बीमा अभिकर्ता बन्ने तरीका, बीमा अभिकर्ताको पेशागत महत्व, बीमा अभिकर्ताको खारेजी

इकाई ४ : बीमाको सिद्धान्त
परम सद्धविश्वासको सिद्धान्त, बीमायोग्य हितको सिद्धान्त, क्षतिपूर्तिको सिद्धान्त, निकटतम कारणको सिद्धान्त, प्रत्यासनको सिद्धान्त, योगदानको सिद्धान्त, जीवन बीमामा आंशकि वा पूर्ण रुपमा लागू हुने बीमाका सिद्धान्त

इकाई ५ : बीमालेख
परिचय, जीवन बीमालेखहरुको प्रकार, बीमालेखको शब्दावली, शर्त तथा सुविधा, व्यक्तिगत तथा सामूहिक बीमा, पूरक करार, नाफामा सहभागी हुने र नहुने प्रकारको बीमा, बीमाशुल्क गणना तालिका

इकाई ६ : जीवन बीमा सम्बन्धी कागजात
प्रस्ताव फाराम, केवाइसी फाराम, बीमाशुल्क भुक्तानी रसिद, बीमालेखको मूल कागज, सम्पुष्टी, राइडर, बीमाशुल्क भुक्तानी गर्ने वा नवीकरण गर्ने सूचना, बीमालेख पुनर्जागरण गर्ने फाराम, अन्य कागजात

इकाई ७ : बीमाशुल्क र बोनश
बीमाशुल्क र बीमा शुल्क गणना, बोनस र बोनस गणना, चुक्ता मूल्य र चुक्ता मूल्य गणना, समपर्ण मूल्य र समर्पण मूल्य गणनाा, बीमालेखको धितोमा लिइने ऋण, बीमालेखको जफत, मृत्युदर तालिका

इकाई ८: जोखिमाङ्कन
परिचय, जोखिमाङ्कनको आधारमा जोखिमको वर्गिकरण, प्रारम्भिक जोखिमाङ्कन, वित्तीय र मेडिकल जोखिमाङ्कन, जोखिमाङ्कन प्रक्रिया, अभिकर्ताको गोप्य प्रतिवेदन, बीमित र अभिकर्ताको अनुगमन, आम्दानीको स्रोत, बीमितको पेशागत जोखिम, जोखिमाङ्कनमा प्रभाव पार्ने तत्वहरु, जोखिमाङ्कन निर्देशिका वा म्यानुअल, नोमिनेसन तथा एसाइन्मेन्ट

इकाई ९ : दाबी
परिचय दाबी गर्ने प्रक्रिया, दाबी सम्बन्धी कागजात, दाबी भुक्तानीको प्रक्रिया, बीमा दाबी भुक्तानीाा अभिकर्ताको भूमिका, दाबी भुक्तानी निर्देशिका वा म्यानुअल, दाबीको प्रकार, मृत्यु दाबी, परिपक्व दाबी, सर्भाइभल दाबी, राइडर (पुरक करार)दाबी

इकाई १० : जीवन बीमाको बजारीकरण
अभिकर्ताको पशो, ग्राहक सेवा, बीमालेख बिक्री पछिको सेवा, बीमा दाबी पर्दाका बखतको सेवा, जीवन बीमाको बजारीकरण, उपभोक्ता व्यवहार, नैतिक बजारीकरण र यसको चुनौती, बीमालेखको गलत बिक्रि (मिससेलिङ), सर्वसारधारणप्रति बीमा अभिकर्ताको दायित्व

इकाई ११ : बीमा अभिकर्ता र कर
जीवन बीमामा कर छुटको दायरा, बीमा अभिकर्ताको पारिश्रमिकमा लाग्ने कर, बीमा अभिकर्ता र कर दर्ता प्रमाणपत्र

इकाई १२ : बीमा सम्बन्धी कानूनी व्यवस्था
बीमा ऐन, २०७९, बीमा नियमावली, २०४९, बीमा अभिकर्ताको आचार संहिता, सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका, बीम अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था

इकाई १३ : बीमा बजार
नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, बीमा अभिकर्ता, बीमा सर्भेय, तेस्रो पक्ष, सहजकर्ता, अन्य बीमा सेवा प्रदायक, बीमा सूचना केन्द्र, बीमित हित संरक्षण कोष, बीमा पुल, बीमा विकास कोष

life_0_20221117_0001

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

7%
sad

दु :खी

7%
amazed

अचम्मित

11%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS