IME Life New

अभिकर्तालाई आफ्नो एकाघर परिवारको बीमा गर्न लगाइएको प्रतिबन्ध हट्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशन २०८० को पहिलो संशोधन जारी गर्ने भएको छ। निर्देशनमार्फत् प्राधिकरणले अभिकर्ताले आफ्ना एकाघर परिवारका सदस्यको बीमा गर्न रोक लगाएकोमा अब यो प्रावधान खारेज गर्ने भएको हो ।

पेशागत बीमा अभिकर्ता संघका प्रतिनिधिले एकाघर परिवारका सदस्यको बीमामा रोक लगाउने प्रावधानले जीवन बीमाको बिस्तारमा अवरोध खडा गर्ने भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएका थिए । साथै जीवन बीमक संघ नेपालले पनि यो प्रावधानबारे पुनःविचार गर्न प्राधिकरण नेतृत्व समक्ष अनुरोध गरेको थियो ।

Esewa
Crest

प्राधिकरणले २०८० फागुन २४ गते जारी गरेको संस्थागत सुशासन निर्देशनको परिच्छेद ७ अन्तर्गत दफा ३६ को उपदफा ३ मा बीमा अभिकर्ताले आफू अभिकर्ता भई एकाघर परिवारका सदस्यको जीवन वा कुनै पनि सम्पत्ती वा दायीत्वको बीमा गर्न नपाउने प्रावधान उल्लेख गरेको थियो । सरोकारवालासँगको सल्लाह बिना नै प्राधिकरणले यस्तो प्रावधान ल्याएकाले यसको सकारात्मक भन्दा नकारात्मक प्रभाव अधिक पर्ने भन्दै पेशागत अभिकर्ता संघले विरोध जनाएको थियो ।

बजार मन्द भएका समयमा प्राधिकरणको नयाँ प्रावधानले अप्ठेरोमा पारेको थियो, पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम बहादुर केसीले भने, बीमाको बिस्तार गर्ने हो भने यस्तो प्रावधान खारेज गर्नुपर्छ भनेर हामीले नियामकलाइ सुझाव दिएका थियौं ।

सरोकारवालाबाट प्रावधान खारेजीका लागि सुझाव प्राप्त भएपछि निर्देशन संशोधन गर्न लागिएको हो, प्राधिकरण सम्बद्ध श्रोतले भन्यो, चाँडै नै संशोधन जारी हुनेछ।

अभिकर्तालाइ आफ्नो परिवारका सदस्यको बीमा गर्न रोक लगाए पनि बीमकले यो प्रावधानको वास्ता गरेका थिएनन् । जीवन बीमकले यो प्रावधान संशोधनका लागि प्राधिकरण समक्ष अनुरोध गर्दै बीमालेख जारी गर्ने कार्यलाइ निरन्तरता दिदै आए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

29%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS