IME Life New

अभिकर्ताको गुनासोः ‘कोरोनाले घाँटी अठ्यायो, बीमा समितिले हात खुट्टा बाध्यो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले गत बुधबार जारी गरेको नयाँ निर्देशिकाप्रति बीमा अभिकर्ताहरुले गम्भिर असहमति जनाएका छन् । बीमा अभिकर्ताहरुले कोरोना महामारीको समयमा बीमा समितिले अभिकर्ताहरुलाई धोका दिएको आरोप लगाएका छन् । आर्थिक वर्ष सकिने अन्तिम समयमा बीमा समितिले जारी गरेको नयाँ निर्देशिकाले बीमा अभिकर्ताहरुलाई अप्ठेरो पारेको एशियन लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर राजु शाह कानु बताउँछन् । उनले भने, ‘हामी कोरोना महामारीको समयमा तीन महिनादेखि घरैमा थन्किर भर्खरै मात्रै बाहिर निस्केर व्यापार व्यवसाय गर्न के खोजेका थियौं, बीमा समितिको नयाँ व्यवस्थाले गम्भिर अप्ठेरोमा परेका छौं ।’ उनले सरकारप्रति नै गुनासो गर्दै भने, ‘कोरोनाले घाँटी अठ्याएको थियो, बीमा समितिले हात खुट्टा बाँध्ने काम भयो ।’

राजु साह प्रतिनिधि पात्र मात्रै हुन् । नेपालका अधिकांश बीमा कम्पनीले जसले एकल बीमा शुल्क बुझाएर बीमा गराउँदै आएका थिए, ति संस्थामा काम गर्ने अभिकर्ताहरुको हालत बिग्रन पुगेको छ । यसअघि एकल बीमा शुल्क हुने बीमा पोलिसीमा बीमा जारी भएको मितिले एक महिनापछि ऋण लिन पाउने व्यवस्था थियो । आज बीमा गरेर भोलिपल्ट नै बीमा पोलिसी धितो राखी ऋण लिन पाउने व्यवस्था रहेकोमा गत वर्ष मात्रै बीमा समितिले एक महिना अनिवार्य रुपमा पुगेको हुनुपर्ने व्यवस्था गरेको थियो । सोही आधारमा बीमा गराउँदै एक महिनापछि ऋण पाउने आश्वासन दिँदै बीमा गराउने अभिकर्ताहरु नयाँ निर्देशिकाले अप्ठेरोमा परेका छन् ।

Esewa
Crest

उक्त नयाँ व्यवस्थाप्रति अधिकांश बीमा अभिकर्ताहरु सहमत भए पनि अन्तिम अवस्थामा नयाँ व्यवस्था लागू गरेर अप्ठेरो अवस्थामा झनै कस्ने काम गरेर बीमा समितिले अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् । नेशलन लाईफ इन्स्योरेन्स नेपाल टप भइसकेका एजेन्सी म्यानेजर शंकर लामिछाने अशान्तले भन्छन्, ‘बीमा समितिले लागू गरेको नयाँ नियम एकदमै सही छ, तर समय गलत भयो । एकल बीमा पोलिसी बिक्री र ऋण लिने कुरामा समस्या छ । केही कम्पनीहरुले फट्याई गरेकै थिए । तर, १० दिन मात्रै बाँकी हुँदा अन्तिम अवस्थामा अभिकर्ताहरुलाई धोका दिने बीमा समितिको नियतलाई किमार्थ जायज न्यायोचित मान्न सकिदैन ।’ उनले यो आर्थिक वर्ष चल्न दिएर नयाँ आर्थिक वर्षदेखि लागू गर्दा उपयुक्त हुने बताए ।
बीमा समितिको उक्त निर्णय सही भएपनि समय भने गलत भएको धारणा केही बीमा कम्पनीका सिईओहरुले बीमा समितिले समक्ष राखिसकेको जनाएका छन् । एकल बीमा पोलिसी बिक्री गर्दै आएका बीमा कम्पनीहरुले बीमा समितिलाई एकल बीमा पोलिसीमा एक वर्षसम्म ऋण लिन नपाउने सम्बन्धी गरिएको नयाँ व्यवस्था केही समय पर सार्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS