IME Life New

अभिकर्ताको अवरोध पछि नेपाल लाइफमा पोलिसी काट्न ठप्प, ‘थाहा नपाउने गरी भित्र भित्रै काम’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ अभिकर्ता केन्द्रिय संघर्ष समितिले आजदेखि नेपाल लाइफमा नयाँ पोलिसी बिक्रीलाई ठप्प पारेका छन् । अभिकर्ताहरुले आफ्नो सञ्जाल मार्फत २०० वटै शाखा तथा उपशाखामा पोलिसी काट्न दिएका छैनन् ।

संघर्ष समितिले बीमा कम्पनीलाई पुस १६ गतेसम्म दिएको अल्टिमेटममा कुनै पनि माग संबोधन नगरेपछि बाध्य भएर आजदेखि पोलिसी बिक्रीलाई ठप्प पारिएको संघर्ष समितिका संयोजक गणेश अधिकारीले जानकारी दिए ।

Esewa
Crest

एमडिआरटीका लागि व्याकडेटमा काटिएका केहि पोलिसी र कम्पनीले भित्रि रुपमा बिक्री गरेको बाहेक आज लगभग ८० प्रतिशत जति व्यवसाय ठप्प पारिएको समितिका सचिव ओम प्रसाद ओलीले जानकारी दिए । यदि कम्पनीले अवको तीन दिनमा पनि मागहरु संबोधन गरेन भने आन्दोलनको अर्को रुप लिइने उनले जानकारी दिए । संघर्ष समितिले आज सहित भोलि सोमबार र मंगलबार पनि आजकै जस्तो पोलिसी बिक्रीमा ठप्प पार्ने भएको छ । यदि मंगलबार पनि कम्पनीले संबोधन गर्ने प्रयास गरेन भने बुधबार सम्पुर्ण शाखा तथा उपशाखामा ताला लगाउने संयोजक अधिकारीले जानकारी दिए ।

यस केन्द्रिय संघर्ष समितिले गत पुस १३ गते नै कम्पनीलाई ध्यानाकर्षण गराउदै माग संबोधन नभएको खण्डमा आज पुस १७ गतेदेखि कुनै पनि पोलिसी बिक्रि नगराउन आह्वान गरेका थिए । तर नेपाल लाइफको उच्च व्यवस्थापन तथा सञ्चालकहरुले संघर्ष समितिको माग संवोधन नगरी पेलेर जान खोजेकोले आज बाध्य भएर एउटा पनि पोलिसी बिक्री नगरेको संयोजक अधिकारीले जानकारी दिए ।

कम्पनीले बीमित र अभिकर्ता माथि पटक पटक गरेको ज्यादती र कम्पनीको मेरुदण्ड मानिएका अभिकर्ताले पाउदै आएको सेवा सुविधालाई एकलौटी ढंगबाट भंग गरी मनोमानी तरिकाले आफु खुशी लादिएको भन्दै उनिहरुले यस्तो आह्वान गरेका हुन् ।

कम्पनीको उच्च व्यवस्थापन तथा सञ्चालकहरुले पुस १० गते झापको धुलाबारीमा रहेको होटल मेची क्राउनमा बोलाएर नआई संघर्ष समितिलाई नै उपहास गरेको भन्दै यस समितिले आजदेखि नयाँ बीमालेख बिक्री नगर्ने तथा कम्पनीले आयोजना गर्ने सम्पुर्ण कार्यक्रमको बहिष्कार गर्ने निर्णय गरेका थिए । यदि कम्पनीले गत पुस १६ गतेसम्ममा समितिले राखेका मागमा संवोधन गरेको भए विरोधका कार्यक्रमहरु फिर्ता लिने जनाउदै आएका थिए ।

यहि समितिले गत पुस ८ गते बिहीबार कम्पनीका कार्यबहाक प्रमुख कार्यकारी अधिकृत चौधरीलाई तीन घण्टा नियन्त्रणमा लिएर छाडिदिएका थिए । चौधरीले अभिकर्ताहरुलाई कम्पनीको सञ्चालकहरु सँग भेटाइदिने प्रतिवद्धता व्यक्त गरेपछि छाडिदिएका थिए । सोहि अनुसार उनिहरुले पुस १० गते छलफल गर्ने योजना बनाएका थिए । तर कम्पनीका अध्यक्ष गोविन्दलाल संघाइ, सञ्चालकहरु कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल सहित उच्च व्यवस्थापन तहका कर्मचारीहरु सुशिल कुमार चौधरी, दिगबिजय सिङ्गल, प्रेम प्रसाद रेग्मी र बन्दना शर्मा शिवाकोटी समितिका पदाधिकारीहरुलाई भेट नै नगरी काठमाडौं आएका थिए । त्यस पछि अभिकर्ताहरु थप आक्रोसित बनेका छन् ।

अभिकर्ताले पुरानो स्ल्याव कायम गर्नु पर्ने, नयाँ महंगा प्रोड्कट बन्द गरेर पुराना प्रोडक्टलाई कायम गर्नु पर्ने, बोनशदर घटाउन नपाइने लगायतका माग राख्दै आएका छन् ।

यसरी अभिकर्ताको अवरोध पछि कम्पनीको व्यवसाय प्रभावित भएको छ । कम्पनीका उच्च व्यवस्थापन तहमा रहेका कर्मचारी तथा सञ्चालकहरुले पछिल्ला केहि दिनमा अनौपचारिक रुपमा छलफल भने गरिरहेका छन् । तर उनिहरु अभिकर्ताहरुको माग जस्ताको त्यस्तै संवोधन गर्ने पक्षमा छैनन् । सकेसम्म पेलेर जाने सोच बनाएका सञ्चालकहरु आजदेखि भने साच्चीनै समस्यामा परेका छन् ।

संघर्ष समितिका पदाधिकारीहरुले शाखा प्रमुखहरुलाई एउटा मात्रै पोलिसी बिक्री गरेको थाहा पाइएमा राम्रो नहुने भन्दै धम्की दिदै आएका छन् । विहान केहि पोलिसी काटिएको थाहा पाउने वित्तीकै उनिहरुले शाखा प्रमुखहरुलाई धम्की दिएका थिए । उनिहरुको धम्की पछि अहिले कम्पनीको सफ्टवेयरबाट पोलिसी बिक्री भएको जानकारी बीमा कम्पनीका सबै कर्मचारीले थाहा नपाउने व्यवस्था मिलाइएको छ । पोलिसी बिक्री नभएको देखाउने गरी सर्भर तथा सफ्टवेयर बनाइए पनि अधिकर्ताको ठुलो जमातले गरेको यस आन्दोलनले कम्पनीलाई निकास भने दिने देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS