IME Life New

अब लाभांश स्वीकृतिका लागि बीमकले प्राधिकरणमा यी विवरण पेस गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमा कम्पनीहरुले लाभांश स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा विभिन्न कागजपत्र तथा विवरण पेस गर्नुपर्ने भएको छ।

बीमा प्राधिकरणले बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशन, २०८० को अनुसूचीमा परिमार्जन गर्दै लाभांश स्वीकृतिको थप कागजपत्र तथा विवरण पेस गर्नुपर्ने प्रावधान ल्याएको हो।

Esewa
Crest

निर्देशनको निर्देशन नं. १० बमोजिम लाभांश स्वीकृति माग गर्दा बीमकले बाह्य लेखापरीक्षकको लङ्ग फर्म अडिट रिपोर्ट प्राधिकरणमा पेस गर्नुपर्ने प्रावधान ल्याइएको छ।

यसैगरी आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको त्रैमासिक वित्तीय विवरण र वार्षिक वित्तीय विवरणको स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन, स्टेटमेन्ट अफ प्रफिट अर लस तथा स्टेटमेन्ट अफ अदर कम्प्रिह्यान्सिभ इन्कम विवरणको प्रत्येक शीर्षकमा देखिएको रकमको भेरियन्स प्रतिवेदनका साथै उक्त भेरियन्स प्रतिवेदनको कुनै पनि शीर्षकमा १० प्रतिशत वा सोभन्दा बढी रकमले फरक भएमा सोसम्बन्धी बीमकले मनासिव कारणसमेत खुलाउनुपर्ने प्रावधान प्राधिकरणले ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS