IME Life New

अब यती एयरलाइन्समा उडान भर्दा उपहारै उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ । यती एयरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्सबाट यात्रा गर्ने यात्रुहरुले क्रोकोडाईल लगेजको खरिदमा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्ने योजना सार्बजनिक गरेको हो।

यती एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ् पास क्रोकोडाईल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन्।

Crest

यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिक सम्म रहनेछ । अनलाईनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाईल लगेज नेपालको आधिकारीक फेसवुक पेज वा इन्स्टाग्राम पेज मार्फत खरिद गरि प्राप्त छुटको लागि डेलिभरीको समयमा यती एअरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन्।

क्रोकोडाइल लगेजका आधिकारिक विक्रेता देशैभरी रहेका छन् भने ब्राण्डको फ्ल्यागसिप स्टोर भने काठमाडौंको कान्तिपथ र ललितपुरको कुपण्डोलमा रहेको छ। सन १९४७ मा स्थापना भएको क्रोकोडाईल लगेज तथा ब्याकप्याकको ग्लोबल ब्राण्ड हो । सन् १९९८ देखि नेपाली बजारमा निरन्तर विक्री वितरण भईरहेको क्रोकोडाईल प्रिमियम उत्पादन र एफोर्डेबल प्राईसिङ्का लागि आम उपभोक्ता माझ लोकप्रिय रहँदै आएको छ ।

पाँच वर्षका वारेन्टी प्रदान गरिएका क्रोकोडाईल नेपाली लगेज बजारको नेतृत्वकर्ता ब्राण्ड भएको बताउँदै कम्पनीका निर्देशक वासु सर्राफ भन्छन्, “हामीले दोश्रो पुस्ताको रुपमा लगेजको ब्यापार गरिरहेका छौं । गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टिका लागि हामीले निरन्तर गरेको मिहेनतको प्रतिफल स्वरुप आज हामीले बलियो ब्राण्ड इमेज बनाउन सफल भएका हौं।” उनी थप्छन्, “उपभोक्तालाई अझ एफोर्डेबल प्राईस उपलब्ध गराउन सकियोस् भनेर ब्राण्डसँग विशेष अनुरोधमा यती एअरलाइन्सका यात्रुहरुलाई हामीले यो छुट प्रदान गर्न सफल
भएका हौं ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS