IME Life New

अब धितोपत्र बोर्डले आइपीओ अनुमति दिने, मर्चेन्ट बैंकहरुसँग अध्यक्षले गरे यस्तो कुराकानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष महेश बरालले अब कम्पनीहरुको शेयरको सार्वजनिक निष्कासनको बाटो खुला गरिने बताएका छन्।

धितोपत्र बोर्डमा आज मर्चेन्ट बैंकरहरुसँगको छलफलमा अध्यक्ष बरालले अब कम्पनीहरुको आइपीओ, एफपीओ, हकप्रदलगायतको सार्वजनिक निष्कासनको अनुमति खुल्ने जानकारी गराएका हुन्। ‘संसदीय समितिले दिएको निर्देशनलाई पालना गर्दै अब कैफियत नदेखिएका कम्पनीहरुलाई शेयरको सार्वजनिक निष्कासनको अनुमति दिने प्रक्रिया धितोपत्र बोर्डले अगाडि बढाउनेछ, तपाइँहरु पनि तयार हुनुहोस्’, छलफलमा सहभागी एक मर्चेन्ट बैंकका सीईओले भने।

Esewa
Crest

लेखा समितिले यसअघि उठाएको बुक बिल्डिङ विधि, बुक भ्यालु वा अन्य मापदण्डलाई पालना गर्दै धितोपत्र बोर्डले कैफियत नदेखिएका कम्पनीहरुलाई साधारण शेयरको निष्कासन अनुमति दिने अध्यक्ष बरालले बैठकले बताएको ती मर्चेन्ट बैंकर सीईओले जानकारी दिए।

‘उहाँलाई शेयर बजारबारे त्यति थाहा नभएर अहिले साधारण शेयरको सार्वजनिक निष्कासनमा केही अलमल भएको हुन सक्छ’, ती सीईओले भने, ‘त्यहाँमाथि लेखा समितिले प्रश्न उठाएपछि उहाँले थप सजगता अपनाएको हुन सक्छ। तर, अब कम्पनीहरुको शेयरको सार्वजनिक निष्कासन अनुमति धितोपत्र बोर्डले दिने र तयार भएर बस्न उहाँले हामीलाई आग्रह गर्नुभएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS