IME Life New

अब ‘डिशहोम गो एप’मा चर्चित कोरियन सिरिज हेर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय कोरियन सिरिजहरूलाई डिस होमले उपलब्ध गराउन थालेको छ। डिशहोमको डीएच गो एपमा सिरिजहरू समावेश गराउन थालिएको हो।

गोब्लिन, दी लोनलि एण्ड ग्रेट गड, माई लिटल बेबी, रिचम्यान, किङ इन दी लभ लगायतका चर्चित कोरियन सिरिजहरू डिशहोमले आफ्नो एपमार्फत उपलब्ध गराउन थालेको हो। यी कोरियन सिरिजहरुले नेपाली दर्शक लाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। यस्तै, डिशहोमको उक्त एपमा १५० भन्दा वढी लाईभ टिभी च्यानलहरु पनि हेर्न सकिने बताइएको छ।

Esewa
Crest

सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरू हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिने व्यवस्था मिलाइएको छ। ‘डिशहोम गो एपमा लाइभ टिभिसंगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरू हेर्न सकिन्छ।

ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाइएको कम्पनीले जनाएको छ। यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS