IME Life New

अब खल्तीबाट सदर चिडियाखानाको टिकट लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खल्तीले प्रयोगकर्ताहरुलाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुबिधा ल्याएको छ। यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ। ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “बिशेष गरि सानै छोराछोरी भएका अभिभावकहरुलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नुपर्ने छैन।

बिगतमा पनि खल्तीले आम नेपालीहरुको समस्याहरु समाधानलाई ध्यानमा राखी यस्तै विभिन्न सुबिधाहरु ल्याइसकेको छ। अब परिवारसंग गुणस्तरीय समय बिताउन,चिडियाखाना घुमाउन योजना बनाउदा घर बाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास हामीले लिएका छौँ।”

Esewa
Crest

ईच्छुक प्रयोगकर्ताले खल्ती एप को होमस्क्रिनमा ‘सेन्ट्रल जु’ मा ट्याप गर्ने, उपलब्ध अप्सन जस्तै विद्यार्थी, बाल्बचा,बिदेसी पर्यटक मा आफुलाई चाहिएको कोटामा टीक गर्ने, आफुलाई आवस्यक टिकट संख्या राखी व्यक्तिगत विवरण भर्ने, पेमेन्ट अप्सन छानी भुक्तानी गर्ने लगायतका कार्य गर्न सक्नेछन् ।

खल्ती मार्फत काटिएको टिकट खल्तीको मेनु भित्र रहेको ‘माई बुकिङ्ग’ मा हेर्न सक्नुहुनेछ। साथै खल्ती बाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन १ जना भाग्यमानी प्रयोगकर्ताले ३२” यसुदा टिभी जित्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS