IME Life New

अब एलआइसी नेपालको बीमाशुल्क ईसेवाबाटै तिर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को बीमितले ईसेवा मार्फत् सहजै बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन्।

एलआइसी (नेपाल) र ई-सेवा बीच बीमा प्रिमियमको डिजिटल भुक्तानी सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।सम्झौता पत्रमा एलआइसी (नेपाल) को तर्फबाट कार्यकारी अधिकृत श्री लक्ष्मी प्रसाद दास र ई-सेवा प्रालिको तर्फबाट साजन महर्जनले कम्पनीको कर्पोरेट कार्यालय पुतलीसडकमा आज एक समारोहका बीच हस्ताक्षर गरेका हुन्।

Esewa
Crest

उक्त सम्झौता अनुसार बीमितहरुले ई-सेवाबाट २४ सै घण्टा जुनसुकै ठाउँबाट पनि सहजैरुपमा एलआइसी(नेपाल)को नविकरण बीमाशुल्क भुक्तानी गर्न सक्नेछन्।

बीमाशुल्क भुक्तानी गर्नको लागि लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को वेभसाइटमा गएर अनलाईन प्रिमियम भुक्तानीको विकल्पमा थिच्ने, त्यसपछि बीमालेख नम्बर, जन्म मिति र ईमेल ठेगाना राखेर लग इन गर्नुपर्नेछ। त्यसपछि देखापर्ने ई-सेवामा थिचेर बीमाशुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । ई- सेवामा मार्फत आफ्नो खाता लिंक गरी सजिलै बिना कुनै झन्झट, जुनसुकै समयमा रकम तिर्न सकिने हुँदा ग्राहकको समय बचत हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS