IME Life New

अब्बल कम्पनी बन्दै रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, ६० करोडको आईपिओ छिट्टै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०७४ साल भदौ १५ देखि बीमा कारोबार सुरु गरेको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी अब्बल दर्जाको जीवन बीमा कम्पनी बन्ने अभियानमा रहेको छ । स्थापनाको छोटो अवधीमा नै कम्पनीले पुराना स्थापित कम्पनीको भन्दा राम्रो मुनाफा आर्जन गर्न सफल हुँदै अघि बढिरहेको छ ।

कम्पनी ऐन २०६३ र बीमा ऐन २०४९ अन्तर्गत २०६४ सालमा दर्ता भएको यस कम्पनीले २०७४ भदौ १५ गतेबाट सेवा शुभारम्भ गरेकोमा तीन वर्षको अवधीमा जीवन बीमा कोषमा एक अर्ब १७ करोड रुपैयाँ जम्मा गरेको छ । जगेडा कोष र महाविपत्ति कोष समेत गरी कूल एक अर्ब ५० करोड हाराहारीको कोष निर्माण गर्न सफल भएको कम्पनीको सिईओ नारायणबाबु लोहनी बताउँछन् । गत असार मसान्तसम्ममा कम्पनीले जीवन बीमा कोषमा मात्रै एक अर्ब १७ करोड भन्दा बढि जम्मा गरिसकेको छ ।

Esewa
Crest

कम्पनीले छोटो अवधीमा नै बार्षिक २१ करोडभन्दा बढि मुनाफा आर्जन गर्न सफल भइसकेको छ । कम्पनीको अधिकतम पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० करोडको आइपीओ निष्काशन गरपश्चात् कम्पनीको चुक्ता पुँजीे २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले उत्कृष्ट ब्राण्डिङ र प्रभावकारी मार्केटिङ् तथा दक्ष जनशक्तिको माध्यमबाट मुनाफा उच्च बनाउन सफल भएको र आगामी दिनमा अझै सशक्त रुपमा अघि बढ्ने लक्ष्य रहेको सिइओ लोहनी बताउँछन् । कम्पनीले अल्पकालिन भन्दा पनि दीर्घकालिन योजनाहरु बनाएर अघि बढेकाले व्यवसायमा उच्च बृद्धि नदेखिए पनि कम्पनी भित्री रुपमा बलियो हुँदै गएको देखिएको छ ।

कम्पनीले बीमीतहरुका लागि १२ वटा बीमा प्रडक्ट जारी गर्दै आईरहेको छ । कम्पनीले ८२ वटा शाखाहरु मार्फत बीमीतहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको जनाएको छ । कम्पनीमा हाल ११ हजार भन्दा बढी बीमा अभिकर्ताहरु आवद्ध छन् । कम्पनीमा १७ लाख भन्दा बढी बीमितहरुले जीवन बीमा सुविधा लिँदै आईरहेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले जनाएको छ ।

रिलायबन नेपाल लाईफले रिलायबल इन्डोमेन्ट लाइफ इन्स्योरेन्स, रिलायबल हाईयर एजुकेशन लाइफ इन्स्योरेन्स, रिलायबल रिलायबल एन्टिीपेटेड लाइफ इन्स्योरेन्स, रिलायबल धनपति लाइफ इन्स्योरेन्स, रिलायबल इन्डोमेन्ट एन्ड होल लाइफ इन्स्योरेन्स, सुलभ जीवन बीमा, सजिलो जीवन बीमा, रिलायबल माईक्रो इन्डोमेन्ट लाइफ इन्स्योरेन्स, रिलायबल समुन्नती जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा जस्ता प्रडक्टहरु बिक्री गर्दै आइरहेको छ । कम्पनीले हेल्थ इन्स्योरेन्स बोनिफिट बीमा योजना सुविधा प्रदान गर्दै आईरहेको छ ।

रिलायबल नेपाल सबैभन्दा बढि बीमा पोलिसी जारी गर्ने कम्पनी हो । उक्त कम्पनीले हाल नेपाल पुनर्बीमा कम्पनी र जर्मनस्थित ह्यानओभर रि लाइफ रि इन्स्योरेन्स कम्पनी मार्फत रि इन्स्योरेन्ससँग सहकार्य गर्दै आएको जनाएको छ ।

कम्पनीले पछिल्लो आर्थिक अवस्थाले कम्पनी अब्बल बन्दै गएको पुष्टि हुन आएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले प्रथम बीमाशुल्कमार्फत ३७ करोड रुपैयाँ र नविकरण बीमाशुल्क मार्फत १७ करोड गर ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले यस अवधिमा १२ लाख ५७ हजार ३ सय ९ वटा जीवन बीमा पोलिसी जारी गरेको उक्त बीमाशुल्क आर्जन गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ आईपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ ।

कम्पनीले जारी पुँजिको ३० प्रतिशत अर्थात ६० करोडको आईपिओ छिट्टै जारी गर्ने तयारी गरेको छ । कम्पनीको साधारणसभामार्फत पारित भएपछि यसै वर्ष आईपिओ जारी हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS