IME Life New

अबको ८ वर्षमा विश्व साइबर बीमाको बजार १२१ अर्ब डलर पुग्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अबको ८ वर्षमा विश्व साइबर बीमाको बजार १२१ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ।

फर्च्युन बिजनेस इन्साइट्सले विश्व साइबर बीमाको बढ्दो व्यापारलाई ध्यानमा राख्दै सन् २०३२मा १२१ अर्ब डलर पुग्ने अनुमान गरेको हो। सन् २०२३ मा विश्व साइबर बीमाकाको बजार १६.६६ अर्ब डलर रहेको छ।

Esewa
Crest

पछिल्लो समय साइबर बीमाको माग बढ्दै गएकोले बजार पनि वृहत रुपमा बढ्ने अनुमान गरिएको छ। साइबर हमलाका घटना बढ्दै गएको बीमाको व्यापार बढ्न थालेको हो।

एसिया प्यासेफिक क्षेत्रमा पछिल्ला वर्षहरुमा साइबर हमला र फिरौती मागका घटना बढेको छ। यस्ता घटना जापानमा ४० प्रतिशत, सिंगापुरमा ३० प्रतिशत, मलेसियामा २५ प्रतिशत र इन्डोनेसियामा २२ प्रतिशतले बढेको छ।

युरोपेली क्षेत्रमा पनि साइबर बीमाको पहुँच वृद्धि गर्नका लागि नियामकीय प्रावधानमा परिवर्तन गरिएको छ। कम्पनीहरु बढ्दो रुपमा डिजिटल अपरेसनमा भर परेकाले परम्परागत बीमा उत्पादनहरुले प्रायः कभर नगर्ने इन्टरनेट आधारित साइबर आक्रमणबाट हुने वित्तीय नतिजाबाट जोगाउन साइबर बीमा आवश्यक भएको देखिन्छ।

पछिल्लो समय साना तथा मझौला कम्पनीहरुले साइबर हमला र जोखिमबाट बच्न बीमा पोलिसी लिइरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS