IME Life New

अपी पावरले घटायो लाभांश, स्थगित वार्षिक साधारणसभा पुनः आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावरले आर्थिक वर्ष २०८०।८१का लागि प्रस्तावित लाभांशमा संशोधन गर्दै घटाएको छ।

कम्पनीले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि आयोगमा पठाएको थियो। तर, आयोगले वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको थियो।

Esewa
Crest

अहिले भने कम्पनीले चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्। कम्पनीको जगेडा कोष र शेयर प्रिमियममा रहेको चुक्तापुँजीको ९.५१३५ प्रतिशतबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र त्रबाँकी रहेको ४.२५०३ प्रतिशतले हुन आउने रकम कम्पनीको जगेडा कोष वा शेयर प्रिमियममै कायम रहने कम्पनीले जनाएको छ।

विद्युत नियमन आयोगले अपी पावरको लाभांश वितरण गर्न नमिल्ने भन्दै अस्वीकृत गरेको थियो। तर, अपी पावरले भने प्रस्तावित लाभांश कानुनसम्म रहेको भन्दै असोज १० गते पुनः आयोगमा पुनरावलोकनका लागि निवेदन पेस गरेको छ। आयोगबाट पुनरावलोकन भई निर्णय आएपछि वार्षिक साधारणसभा र बुक क्लोजको मिति पुनः तय गरिने कम्पनीले जनाएको छ।

यसअघि कम्पनीको २१ औँ वार्षिक साधारणसभा कात्तिक १ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाडौंको गौसालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजेबाट हुने भनिएको थियो। तर, प्रस्ताव लाभांश वितरणमा आयोगले रोक लगाएपछि कम्पनीले वार्षिक साधारणसभा र बुक क्लोजको मिति स्थगित गरेको छ। यसअघि वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ अपी पावरले आज असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो।

अब प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले कात्तिक ११ गते काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे डोकेको छ। सोही सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउनेछन्।

सभाले अपी पावरको सहायक कम्पनी अपी इन्फ्रामा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने र अपी पावरको बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा.) निर्माण विशेष प्रस्ताव अनुमोदन गर्नेंछ।

यसैगरी अपी पावरले दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया आयोजना (२८.३ मे.वा.) निर्माण गर्ने र अपी पावरको बहुमत स्वामित्व रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मे.वा.)को निर्माण अन्तिम चरणमा भइरहेको उक्त लगानीलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको वित्तीय विवरण स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS