IME Life New

अपि पावर र चर्च ब्वाइज युनाइटेडबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र शहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडबीच मुख्य प्रायोजकको लागि सम्झौता भएको छ । सम्झौतामा अपि पावरको तर्फबाट कम्पनीका कार्यकारी संचालक संजिव न्यौपाने र चर्च ब्वाइज युनाइटेडको तर्फबाट क्लबका अध्यक्ष टंकलाल राईले हस्ताक्षर गरेका हुन्।

एक वर्षको लागि सम्झौता भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब उप्रान्त क्लबले अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुनेछ । क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीको लागि अपिपावर कम्पनी लिमिटेडले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने छ ।

Esewa
Crest

छोटो समयमा शहिद स्मारक “ए” डिभिजन खेल्न सफल चर्च ब्वाइज युनाइटेडलाई थप उचाईमा पु¥याउन सफल साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा थप सफलता हासिल गर्ने उदेश्यका साथ सम्झौतामा हस्ताक्षर भएको अपि पावरका अध्यक्ष न्यौपानेले बताए । नेपालको फुटबललाई नयाँ उचाइमा लैजानुका साथै खेलाडीलाई प्रोत्साहन गरी क्वबको संरचना बलियो बनाउने सहमति भएको उनले उल्लेख गरेका छन् ।

सम्झौता अनुसार कम्पनीले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग उपलब्ध गराउने भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत अपि पावर कम्पनी लिमिटेडको हाल दुई वटा जलविद्युत र दुई वटा सौर्य आयोजना सहित पाँच वटा आयोजना संचालनमा रहेको र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS