IME Life New

अपि पावर कम्पनीको १९औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आइतवार थापागाउँस्थित बानेश्वर ब्यांक्वेट, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गरेको छ ।

Esewa
Crest

यस वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । साथै ४० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पनि पारित गरिएको छ ।

कम्पनीको हाल कायम चुक्तापूँजी रू। ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार छ । ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू। ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशतको दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS