IME Life New

अपर तामाकोशी हाइड्रोपावरको १५औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बुधबार कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८/७९ को साधारण सभा सम्पन्न गरेको हो।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफार नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै सभाले लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आर्थिक वर्ष २०७८/७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीले भदौ १८ गतेदेखि हकप्रद निष्काशन गर्दै छ । कम्पनीले १ः१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS