IME Life New

अपर तामाकोशीको साधारण सभा सम्पन्न, चार जना संचालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले शत प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको पूँजी बृद्धिको लागि प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । सभाले सञ्चाल समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलागत तथा सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

लेखापरीक्षण ऐन २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को दफा १६५ ‘घ’ को प्रावधान अनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समुह ‘ख’ अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा सृजना सुवेदी,राजन श्रेष्ठ, हरि प्रसाद भुर्तेल र दिपक कार्की निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS