IME Life New

अपडेटः काठमाडाैंबाट बाहिरिने प्रमुख राजमार्गहरूको शुक्रबार साँझसम्मको अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले काठमाडाैं उपत्यका भित्रिने र बाहिरिने राजमार्ग र काठमाडाैंबाट नजिकको दूरीमा रहेका राजमार्गहरूको अवस्थाबारे ताजा विवरण सार्वजनिक गरेको छ।

साँझ ८ बजे सार्वजनिक गरिएको शुक्रबार बेलुकी ५ बजेसम्मको विवरण अनुसार काठमाडाैंसँग जोडिएको सबै प्रमुख राजमार्गहरूबाट यातायात सेवा शुरू भएको छ। विपि राजमार्ग जोड्ने काभ्रेको रोशी गाउँ पालिका खण्डमा बिहान खसेको पहिरो पनि पञ्छाएर यातायात सुचारू गरिएको छ।

Esewa
Crest

नेपाल प्रहरीका अनुसार काठमाडाैं उपत्यकाबाट काभ्रे हुँदै विपि राजमार्गबाट पूर्वतर्फ जाने चारपाङ्ग्रे सवारी साधनका लागि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्मको समयमा सवारी साधन प्रवेश निषेध गरिएको छ।

यसैगरी काभ्रेको रोशी गाउँपालिका ८ चारसयवेशी, वडा नम्बर ११ कालढुङ्गामा र वडा नम्बर ७ को घुमाउनेमा एकतर्फीरूपमा यातायात खुलाइएको छ। राेशी गापाको वडा नम्बर १२ भ्याकुर, ११ नम्बर पिप्लेमा सडक पूर्णरूपमा अवरूद्ध रहेको छ। काभ्रेको पाँचखाल नपा ५ हनुमान गढी केराघारीमा राजमार्ग एकतर्फीरूपमा खुलाइएको छ।

यता काठमाडाैंसँग हेटाैंडा जोड्ने  कान्ति लोकपथ खण्ड अन्तर्गत पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ महादेवटारमा पहिरोले अवरूद्ध भएको सडक एकतर्फीरूपमा खुलाइएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोराङ गाउँपालिका ७ मा पहिरो खसेर अवरूद्ध भएको सडक एकतर्फीरूपमा खुलाइएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चाेकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ बाह्रबिसे तातोपानी सडकमा अझै पनि यातयात सेवा अवरूद्ध रहेको छ।

उता मन्थली नगरपालिका ६ सेलेघाट हुँदै रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको बाटो अझै पनि पूर्णरूपमा अवरूद्ध छ। खाडा देवी गापा वडा नम्बर १ लुलुघाटमा पनि रामेछाप सिन्धुली जोड्ने खुर्कोट सडक खण्ड अवरूद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS