IME Life New

अन्तिम दिनसम्म मेन्छियाम हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख ४ गतेदेखि बैशाख ७ गतेसम्म निष्काशन गरेको आइपीओमा १२ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०३ बजेसम्ममा १२ लाख २८ हजार २०० आवेदकबाट १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ७ हजार ९६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरेकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै बिक्री भएको थियो ।

Esewa
Crest

कम्पनीको जारी पूँजीको २० प्रतिशत १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।

यस्तै २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरीएको छ । त्यसमा स्थानियलाई बिक्री नभएको ३ लाख ६८ हजार ३ कित्ता शेयर सहित सर्वसाधारणको लागि ९ करोड ३४ लाख ९१ हजार ५०० रुपैयाँ बराबरको ९ लाख २४ हजार ९१५ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीले निष्काशन गरेको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS