IME Life New

अन्तरबैंक ब्याजदर ३% माथि, रोकिएला तरलता प्रशोचनको यात्रा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम रहँदा बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्नुपर्छ। पछिल्लो समयदेखि अन्तरबैंक ब्याजदर ३ प्रतिशत मुनि रहेको थियो। जसका कारण अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार बैंकिङ प्रणालीबाट पैसा तानिरहेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार पुस १७ गते अन्तरबैंक ब्याजदर बढेर ३.०२ प्रतिशत पुगेको छ। अब राष्ट्र बैंकले नीतिगत व्यवस्थाबमोजिम बैंकिङ प्रणालीबाट पैसा तान्न रोक्छ त ?

Esewa
Crest

राष्ट्र बैंकका एक अधिकारीले अन्तरबैंक ब्याजदर ३ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी तरलता प्रशोचन गर्ने काम रोक्नुपर्ने बताउँछन्। ‘तर, यो अटोमेटिक हुने काम होइन, यसका लागि राष्ट्र बैंकमा बैठक बसेर निर्णय गर्नुपर्छ’, ती अधिकारीले भने, ‘अर्कोतर्फ अन्तरबैंक ब्याजदर ३ प्रतिशत आउँदैमा बैंकिङ प्रणालीमा अधिक तरलता साइजमा आयो भन्ने हुँदैन। त्यसैले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्थालाई ध्यानमा राखेर राष्ट्र बैंकले अन्य उपकरण प्रयोग गर्दै पैसा तान्ने क्रमलाई निरन्तरता पनि दिन सक्छ।’

बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले मंसिरयता पौने ३ खर्ब रुपैयाँ बढी रकम बैंकहरुबाट तानिसकेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै मंसिरयता बैंकिङ प्रणालीबाट २ खर्ब ८५ अर्ब रुपैयाँ खिचेको हो।

केन्द्रीय बैंकले मंसिरमा ८ पटक यो उपकरण प्रयोग गर्दै १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो। यो पुस महिनाको अहिलेसम्म भने राष्ट्र बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ तानिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS