IME Life New

अन्तरबैंक ब्याजदर बढेर साढे ४% पुग्यो, सीडी रेसियो कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुको अन्तरबैंक ब्याजदर बढेर साढे ४ प्रतिशत पुगेको छ। पछिल्लो समय तरलता फालाफाल हुँदा अन्तरबैंक ब्याजदर लामो समयसम्म ३ प्रतिशत तल रहेको थियो। जसका कारण तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तानेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २१ गते अन्तरबैंक ब्याजदर बढेर ४.४९ प्रतिशत पुगेको छ। अघिल्लो दिन २० गतेसम्म अन्तरबैंक ब्याजदर ३.५३ प्रतिशत थियो।

Esewa
Crest

चैत २१ गतेसम्म बैंकहरु तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६१ खर्ब ७ अर्ब रुपैयाँ थियो। यो एक दिनमा निक्षेप १ अर्ब रुपैयाँ घटेको छ। वाणिज्य बैंकहरुको कुल निक्षेप भने स्थिर रहँदै ५३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने स्थिर रहँदै ५० खर्ब ८८ अब रुपैयाँ रहेको छ। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी १ अर्ब रुपैयाँ बढेर चैत २१ मा ४५ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब रुपैयाँ थियो।
चैत २१ मा बैंकहरुको औसत सीडी रेसियो ८०.८८ प्रतिशत रहेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८०.८६ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS