IME Life New

अन्तरबैंक ब्याजदर फेरि ३% भन्दा तल झर्यो, निक्षेप र कर्जाको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक तरलता फालाफाल भएसँगै बैंकहरुको अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशत तल झरेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस १९ गतेसम्म अन्तरबैंक ब्याजदर घटेर फेरि ३ प्रतिशतभन्दा तल झरेको हो। अघिल्लो दिन पुस १८ गतेसम्म अन्तरबैंक ब्याजदर ३.०३ प्रतिशत थियो।

Esewa
Crest

पुस १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ६० खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६० खर्ब ७१ अर्ब रुपैयाँ थियो।

यो दिन बैंकहरुको कुल कर्जा लगानी पनि बढेर ५० खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५० खर्ब ३० अर्ब रुपैयाँ
पुस १९ गते बैंकहरुको औसत सीडी रेसियो ८०.०५ प्रतिशत रहेको छ।

राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम रहँदा बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्नुपर्छ। पछिल्लो समयदेखि अन्तरबैंक ब्याजदर ३ प्रतिशत मुनि रहेको थियो। जसका कारण अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार बैंकिङ प्रणालीबाट पैसा तानिरहेको थियो।

बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले मंसिरयता पौने ३ खर्ब रुपैयाँ बढी रकम बैंकहरुबाट तानिसकेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै मंसिरयता बैंकिङ प्रणालीबाट २ खर्ब ८५ अर्ब रुपैयाँ खिचेको हो।

केन्द्रीय बैंकले मंसिरमा ८ पटक यो उपकरण प्रयोग गर्दै १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो। यो पुस महिनाको अहिलेसम्म भने राष्ट्र बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ तानिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

10%
amazed

अचम्मित

50%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS