IME Life New

अन्तरबैंक ब्याजदर फेरि ३% तल, निक्षेप र कर्जाको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तरबैंक ब्याजदर फेरि ३ प्रतिशतभन्दा तल झरेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १५ गते अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको हो। यो दिन अन्तरबैंक ब्याजदर २.९१ प्रतिशत रहेको छ। अघिल्लो दिन असार १४ गते पनि अन्तरबैंक ब्याजदर २.९१ प्रतिशत नै थियो।

Esewa
Crest

असार १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप घटेर ६३ खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६३ खर्ब २९ अर्ब रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा कुल निक्षेप २ अर्ब रुपैयाँले घटेको छ।

यसैगरी असार १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप अघिल्लो दिनको तुलनामा १ अर्ब रुपैयाँ घटेर ५६ खर्ब ५ अर्ब रुपैयाँमा झरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर असार १५ मा ५१ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब ४७ अर्ब रुपैयाँ थियो।

असार १५ मा बैंकहरु औसत सीडी रेसियो ७९.२२ प्रतिशत कायम भएको छ। अघिल्लो दिन औसत सीडी रेसियो ७९.४२ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS