IME Life New

अन्ततः नियम मिचेर प्रिमियममा अवितरित हकप्रद शेयर बेच्ने नेसनल फन्डको योजना रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्ततः नेसनल फन्ड म्यानेजमेन्टले नियम मिचेर प्रिमियममा अवितरित हकप्रद शेयर बेच्ने आफ्नो योजना रद्द गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी हिजो (भदौ ६ गते) जारी गरिएको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने सूचना हाललाई रद्द गरिएको जानकारी गराएको हो।

कम्पनीले नबिकेको हकप्रद शेयर अंकित मूल्यमा थप ५० रुपैयाँ प्रिमियम राखेर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेका लागि हिजो सूचना जारी गरेको थियो। तर, इन्स्योरेन्स खबरले यसबारेमा समाचार प्रकाशित गरेपछि शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)को ध्यानाकर्षण भएको थियो। किनकि कुनै पनि सूचीकृत भएको वा नभएको कम्पनीले तोकिएको अंकित मूल्यमा बिक्री नभएको हकप्रद शेयरमा प्रिमियम मूल्य थपेर फेरि लिलामी प्रक्रियामार्फत बिक्री गर्न पाउँदैन।

Esewa
Crest

त्यसपछि सेबोनले नेसनल फन्डलाई नियमविपरीत प्रिमियममा अवितरित हकप्रद शेयर बेच्ने प्रक्रिया रोक्न निर्देशन दिएको थियो। सोही निर्देशनपछि कम्पनीले अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बेच्ने योजना रद्द गरेको हो।

कम्पनीले गत असार १९ गतेदेखि साउन २२ गतेसम्म चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। कम्पनीले अंकित मूल्य ५० रुपैयाँमा ५४ लाख कित्ता शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको ११ लाख ७२ हजार कित्ता शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत भदौ १३ गतेबाट बिक्री खुलाउने तयारी गरेको थियो।

बिक्रीमा राखिने शेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको थियो। जब कि कम्पनीले अंकित मूल्य ५० रुपैयाँमा हकप्रद बिक्री गरेको थियो। अहिले नबिकेको हकप्रद शेयरमा नियमविपरीत ५० रुपैयाँँ प्रिमियम थपेर प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको थियो।

कम्पनीले हाल कायम संस्थापक शेयरधनीका साथै योग्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्ने व्यवस्था गरेको थियो। लगानीकर्ताले न्यूनतम २० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्ने भनिएको थियो।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS