IME Life New

अनिल अम्बानीमाथि सेबीको ठूलो कारबाही, २५ करोड जरिवाना, शेयर बजारमा ५ वर्ष प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार नियामक सेबीले उद्योगपति अनिल अम्बानीविरुद्ध ठूलो कारबाही गरेको छ। अनिल मुकेश अम्बानीका भाइ हुन्।

बजार नियामकले अनिल अम्बानी र रिलायन्स होम फाइनान्सका पूर्व प्रमुख कार्यकारीहरुसहित २४ अन्य संस्थालाई शेयर बजारमा ६ वर्षका लागि प्रतिबन्ध पनि लगाएको छ। साथै, भारु २५ करोड जरिवानासमेत गरेको छ। कम्पनीबाट रकम हिनामिना गरेको आरोपमा सेबीले उनीहरुविरुद्ध कारबाही गरेको छ।

Esewa
Crest

सेबीले अनिल अम्बानीलाई भारु २५ करोड जरिवाना लगाएको छ र उनलाई कुनै पनि सूचीबद्ध कम्पनी वा बजार नियामकमा दर्ता भएको कुनै मध्यस्थमा निर्देशक वा प्रमुख व्यवस्थापकीय कर्मचारी (केएमपी)का रुपमा काम गर्नबाट ५ वर्षका लागि प्रतिबन्ध लगाएको छ। यसबाहेक सेबीले रिलायन्स होम फाइनान्सलाई धितोपत्र बजारबाट ६ महिनाका लागि प्रतिबन्ध लगाउँदै भारु ६ लाख जरिवाना गरेको छ।

प्रतिबन्धित २४ संस्थामा रिलायन्स होम फाइनान्सका पूर्वप्रमुख कार्यकारी अधिकृत अमित बापना, रविन्द्र सुधाल्कर र पिंकेश आर शाहलगायतको छ। सेबीले अम्बानीलाई भारु २५ करोड, बापनालाई भारु २७ करोड, सुधाल्करलाई भारु २६ करोड र भारु शाहलाई २१ करोड जरिवाना गरेको छ। यसबाहेक रिलायन्स युनिकर्न इन्टरप्राइजेज, रिलायन्स एक्सचेन्ज नेक्स्ट एलटी, रिलायन्स कमर्शियल फाइनान्स लिमिटेड, रिलायन्स क्लिन्जेन लिमिटेड, रिलायन्स बिजनेस ब्रोडकास्ट न्यूज होल्डिङ्स लिमिटेड र रिलायन्स बिग इन्टरटेनमेन्ट प्रालिलाई भारु २५–२५ करोड जरिवाना गरिएको छ।

आफ्नो २२२ पृष्ठको अन्तिम आदेशमा सेबीले अनिल अम्बानीले रिलायन्स होम फाइनान्स आरएचएफएलको प्रमुख व्यवस्थापनको सहयोगमा आरएचएफएलबाट ऋणका रुपमा आफूसँग जोडिएको संस्थाहरुलाई रकम निकाल्नका लागि धोखाधडी योजना बनाएको उल्लेख छ। आरएचएफएलको सञ्चालक समितिले यस्ता कर्जा प्रथा बन्द गर्न कडा निर्देशन दिएको र कर्पोरेट कर्जाको नियमित समीक्षा गरिए पनि कम्पनीको व्यवस्थापनले ती आदेशलाई बेवास्ता गरेको छ।

सेबीले आफ्नो प्रतिवेदनमा यो ठगी अनिल अम्बानी र कम्पनीको व्यवस्थापनले योजना बनाएको दाबी गरेको छ। आरएचएफएलको केएमपीले रकम दुरुपयोग गरेको र ‘प्रवर्द्धक सम्बन्धित निकाय’ देखाउँदै अयोग्य ऋणीहरुलाई ऋणका रुपमा रकम दिइएको छ। अनिल अम्बानीले ‘एडीएम समूहको अध्यक्ष’ का रुपमा आफ्नो पद र आरएचएफएलको होल्डिंङ कम्पनीमा आफ्नो महत्त्वपूर्ण अप्रत्यक्ष हिस्सेदारीलाई धोखाधडी गर्न प्रयोग गरेको सेबीले आदेशमा उल्लेख छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS