IME Life New

अनियमित संरचना हटाउन र सुधार्न ललितपुर महानगरले दियो ३५ दिनको समय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललितपुर महानगरपालिकाले नगरभित्र बनेको अनियमित संरचना हटाउने भएको छ । महानगरले बुधवार एक सूचना जारी गर्दै महानगरभित्र निर्माण गरिएको अनियमित संरचना हटाउन र उक्त संरचना सुधार्न निर्देशन दिएको हो ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण गरिएका स्लोप, टप, र्याम्प, सिंढी लगायतका संरचना तथा नक्शा स्विकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृती लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु लगायत हटाउन ३५ दिने सूचना जारी गरेको हो । साथै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरु ३५ दिनभित्र सुधार गरी वा टाई कानुन बमोजिम कायम गर्न महानगरले अनुरोध गरेको छ ।

Esewa
Crest

उक्त सूचना अनुरुप तोकिएको मितिभित्र कार्यन्वयन नगरेमा महानगर स्वयमले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS