IME Life New

अनावश्यक खर्च कम गरी बीमा गरौँ, आफ्नोसँगै परिवारको भविष्य सुरक्षित गरौँ : रामकुमार श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अर्घाखाँची। रामकुमार श्रेष्ठ प्राइम लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । अर्धाखाची सन्धीखर्क नगरपालिका नमूनामार्ग वडा न १ घर भएका श्रेष्ठ विगत ७ वर्ष अगाडीबाट बीमा पेशामा छिरेका हुन् ।

श्रेष्ठले बीमा अभिकर्ता पेशा गर्दा आर्थिक अवस्था सुधार हुने बताएका छन् । उनले सबैभन्दा पहिले अरु कम्पनीबाटै अरु अभिकर्ताबाटनै आफ्नो बीमा गराएका थिए । आफ्नो बीमा गरे पश्चात बीमाको महत्व बुझेको र उनलाई अभिकर्ता पेशा मार्फत आर्थिक रुपमा लाभ हुने र व्यक्तित्व विकास हुने भएकोले पनि यो पेशामा आवद्ध भए । बीमा गर्दा धेरै रकम पनि नचाहिने र थोरै रकम तिर्दा आफुलाई त्यति भार नपर्ने,  थोरै रकमले पनि आफ्नो र आफ्नो परिवारको जोखिम बहन हुने भएकोले उनलाई बीमा क्षेत्र प्रति आकर्षित बनायो। बीमितलाई केही भयो भने पनि बीमितक बच्चाहरु र परिवारलाई ठूलो आर्थिक सहयोग हुने कुराले पनि रामकुमारलाई बीमा क्षेत्र निकै मन पर्न थाल्यो । श्रेष्ठका अनुसार एकैचोटी पैसा दिनु नपर्ने, थोरै थोरै जम्मा गर्दा नी हुने, भविष्यलाई राम्रो हुने, जोखिम बहन हुने, पछि औषधी उपचार गर्न सकिने जस्ता कुरा  नै जीवन बीमा गर्नु पर्ने कारण  हुन् ।

Esewa
Crest

पहिलेभन्दा अहिले मानिसले बीमाप्रति हेर्ने नजर फरक भएको उनी बताँउछन् । उनले भने पहिला पहिला धेरैले बीमाको महत्त्व बुझेका थिएन् र बीमाप्रति खासै चाँसो पनि थिएन तर अहिले धेरैले बीमाको महत्व बुझ्दै गएका छन् ।

बीमा अभिकर्ता पेशासँगै उनी आफ्नै डिलर व्यवसाय समेत सम्हाल्दै आएका छन् । उनी व्यवसाय सँगसगै बीमा पनि गराउछन् र राम्रै समय पनि दिन्छन । बीमा अभिकर्ता बन्दा कुनै पनि समस्या नहुने उनी बताउँछन् ।

पहिलेभन्दा अहिले मानिसले बीमाप्रति हेर्ने नजर फरक भएको उनी बताँउछन् । उनले भने पहिला पहिला धेरैले बीमाको महत्त्व बुझेका थिएन् र बीमाप्रति खासै चाँसो पनि थिएन तर अहिले धेरैले बीमाको महत्व बुझ्दै गएका छन् । बीमा गर्दा आफ्नो सँग सँगै परिवारको समेत भविष्य बनाउन सहयोग हुने उनी बताउँछन् ।

बीमा गर्न खोज्ने बीमितलाई आफ्नो आम्दानीको श्रोत कति छ, वचत गर्न सकिन्छ की सकिँदैन जस्ता कुरा हेरेर मात्र बीमा गर्न सल्लाह दिएका छन् ।

श्रेष्ठले अनावश्यक खर्च कम गरेर सबैलाई बीमा गर्न सल्लाह सुझाव दिएका छन् । यसका साथै नयाँ आउँने अभिकर्ताहरुलाई बीमाको महत्व बुझाएर, अनावश्यक गफ नदिएर, आफूले जे बुझेको छ त्यही कुरा मात्र बीमितलाई बुुझाएर अघि बढ्न सुझाव दिएका छन् । यसका साथै राम्रो अभिकर्ता हुनको लागि बीमासम्बन्धी सेमिनारमा भाग लिन र बेला बेलामा तालिम लिन समेत आग्रह गरेका छन् ।

बीमितलाई नभएको गफ लगाएर हुदैन, यति वर्षमा डबल हुन्छ भन्न मिल्दैन । कसैले डबल हुन्छ भन्छ तर डबल नहुन पनि सक्छ नी !  पछि बीमा परिपक्व हुँदा यदी बीमितले डबल पाएन भने तपाईको बीमितले तपाई प्रति हेर्ने नजर के हुन्छ ?  बरु थोरै जनाको मात्र बीमा गराउने तर  झुटो चाँही नबोल्ने । श्रेष्ठका अनुसार बीमाको यथार्थ कुरा भनेर मात्र बीमा गराउनु हो  बीमा अभिकर्ताको धर्म हो  ।

बीमा गर्न खोज्ने बीमितलाई आफ्नो आम्दानीको श्रोत कति छ, वचत गर्न सकिन्छ की सकिँदैन जस्ता कुरा हेरेर मात्र बीमा गर्न सल्लाह दिएका छन् । व्यापारी वा छिट्टै रकम आवश्यकता पर्नेहरुको लागि छोटै समयको बीमा गर्दा राम्रो हुन्छ तर बच्चाबच्चीको लागि भने लामो समयको बीमा गर्नु उचित हुने उनी बताउँछन् । उनले बीमाको बारेमा सरकारले उचित ढङ्गले प्रचार प्रसार गरिदिए बीमाको सबैमा ज्ञान हुने र राज्यको भार कम हुदैँ जाने छ । यसका साथै उनले राम्रो कम्पनी पहिचान गरेर र बोनस दर हेरेर मात्र बीमा गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS