IME Life New

अनसननै बसेपछि लगानीकर्तालाई आस्वस्त पार्दै धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


बैंकहरुले ब्याजदर बढाउँन थालेपछी हतोत्साहीत भएका लगानीकर्ताहरु लगानीको सुरक्षा माग गर्दै अनशन आन्दोलनमा बस्न थालेका छन् । यसैबिच नेपाल धितोपत्र बोर्डले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई आस्वस्त पारेको छ ।

विज्ञप्ती जारी गर्दै बोर्डले पूँजी बजारका सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । बजारको बिषयमा नेपाल सरकार तथा बोर्ड संवेदनशिल भएको बताउँदै सबै पक्षले सहयोग गर्न समेत आग्रह गरेको छ । सरकारले र बोर्ड समस्या समाधानका लागी प्रत्यनशील भएको बोर्डले बताएको छ ।

Esewa
Crest

बोर्डले सरकारले बर्तमान धितोपत्र बजारमा देखिएका समस्याको अध्ययन गरी सात दिन भित्र सुझाव बुझाउँन समिति गठन गरिएको बताउँदै उक्त सुझावले बजारलाई स्थायित्व प्रदान गर्ने समेत विश्वास लिएको छ ।

साथै बोर्डले हाल धितोपत्र बजारका अन्य अवस्थाहरु सकरात्मक रहेको समेत स्पष्ट पारेको छ । नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत कम्पनीहरुले साधारण सभा गर्ने र लाभांश समेत घोषणा गरिरहेको बोर्डले बताएको छ । साथै चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशन गर्ने कम्पनीहरुको नाफाको अवस्थामा पनि राम्रो भएको बोर्डले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS