IME Life New

अनलाईनबाटै जीवन बीमा पोलिसी बिक्रीमा अभ्यस्त हुँदै बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको कारण विश्वभरकै जीवन बीमा व्यवसाय प्रभावित भएको छ । नेपालजस्तो बचत शैलीका विश्वभरकै जीवन बीमा कम्पनीहरुको बीमा कारोबार लगभग शून्य नजिक पुगेको अवस्था छ । अण्डरराईटिङ गर्नुपर्नेलगायतका कारण जीवन बीमा लामो कागजी प्रक्रिया पूरा गर्नुपर्ने व्यवसाय हो । त्यसैले गत चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण नेपालका थुप्रै जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन लगभग शून्यमै झरेको छ ।

लकडाउन साढे दुई महिना पार गरेपछि जीवन बीमा कम्पनीहरु अब विस्तारै वैकल्पिक माध्यममार्फत जीवन बीमा कारोबार अघि बढाउने प्रयासमा देखिन्छन् । महामारीका बीचबाट जीवन बीमा कम्पनीहरु अनलाईनमार्फत बीमा पोलिसी जारी गर्ने काममा अभ्यस्त हुँदैछन् । केही जीवन बीमा कम्पनीहरुले अब अनलाईनबाटै जीवन बीमा पोलिसी बिक्री गर्न सुरु गरिसकेका छन् भने अन्य थुप्रै बीमा कम्पनीहरु सफ्टवयेर निर्माणमा जुटिसकेका छन् ।

Esewa
Crest

सिटिजन लाईफले हिजोबाट अनलाईन बीमा आवेदन दिनसक्ने गरी अनलाईनबाटै बीमा गर्न सुरु गरिसकेको छ । सिटिजन लाईफका सिईओ पोषक पौडेलले भने, ‘अभिकर्तामार्फत अनलाईनबाट सजिलै बीमा गर्न सकिने गरी व्यवस्था गरिसकेका छौं ।’ उनका अनुसार अनलाईनबाट आवेदन दिएको आधारमा बीमा कम्पनीले बीमा शुल्क लिई पोलिसी जारी गरी बीमित समक्ष पुर्याउनेछ ।

सिटिजन मात्रै होइन, अन्य थुप्रै कम्पनीहरुले अनलाईनबाट बीमा गर्न सुरु गरिसकेका छन् । सूर्या लाईफ इन्स्योरेन्सका सिईओ तथा नेपाल जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले केही सातादेखि आफूले अनलाईनबाटै बीमा सेवा सुरु गरी कारोबार नै भइरहेको बताए । पाण्डेले बीमा कम्पनीहरु अब अनलाईनमार्फत बीमा व्यवसाय गर्ने प्रयासमा रहेको बताए । उनले भने, ‘बढिमा एक महिनाभित्रैमा सबै कम्पनीहरुले अनलाईनमार्फत बीमा गर्न सुरु गर्न सक्षम हुन्छन् ।’ थुप्रै जीवन बीमा कम्पनीहरुले अनलाईनमार्फत बीमा व्यवसाय सुरु गरिसकेका छन् भने अन्य कम्पनीहरु सफ्टवयेर निर्माणको क्रममा रहेका छन् ।

लकडाउनअघि प्रायः कुनै पनि कम्पनीमा अनलाईनमार्फत बीमा गर्न सकिने व्यवस्था थिएन । तर अब कम्पनीहरु विस्तारै अनलाईनमार्फत बीमा गरी व्यवसायलाई लयमा फर्काउने प्रयासमा रहेको बीमक संघका अध्यक्ष पाण्डे बताउँछन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मन्तव्य राख्दै लकडाउन कार्तिकसम्म जानसक्ने बताएपछि जीवन बीमा कम्पनीहरु अभिकर्ता परिचालन गर्न कठिन हुनसक्ने भन्दै अनलाईनतर्फ आकर्षित हुन थालेका छन् ।

यसअघि म्यादी बीमा पनि अनलाईनमार्फत गर्न सकिने गरी सफ्टवयेर मार्फत गर्नु भन्ने बैदेशिक रोजगार विभागको आग्रह बमोजिम बीमा समितिको निर्देशन पश्चात अनलाईनबाटै भुक्तानी लिई म्यादी बीमा गर्न सकिने व्यवस्था लागू भइ पृष्ठभूमि तयार भइसकेको अवस्थामा अब जीवन बीमा नै पनि अनलाईनबाटै गर्न सकिने गरी कम्पनीहरु अघि बढिरहेका छन् ।

नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई अनलाईनबाट बीमा पोलिसी जारी गर्न सक्ने गरी कार्यविधिको पुनव्र्याख्या गरिसकेको छ । यद्यपि बीमा समितिको अनलाईन बीमा सम्बन्धी निर्देशिका पर्याप्त भने होइन । लघु बीमा सरहका तीन लाख रुपैयाँ बीमाङ्क सम्मको रकम मात्रैको बीमा अनलाईनबाट गर्न पाउने गरी गत जेठ १४ गते बीमा समितिले नयाँ निर्देशिका मार्फत व्यवस्था गरिसकेको छ । तर, बीमा व्यवसाय तीव्र गतिमा अघि बढाउन तीन लाखको सीमा राखेर अघि बढ्न नसक्ने बीमा कम्पनीहरुको भनाई छ । यद्यपि सुरुवात मात्रै भएकोले आगामी दिनमा अप्ठेरोहरु फुकाउँदै जाने बीमा समितिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS