काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाईन सेयर कारोबार २०७५ साल जेठबाट मात्रै आरम्भ हुने स्पष्ट पारेको छ । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउँदले मंगलबार पत्रकार सम्मेलन मार्फत २०७५ जेठ अघि अनलाईन सेयर कारोबार सम्भव नभएको स्पष्ट पारेका हुन् ।
‘यो अन्त्यन्तै प्राबिधिक र जटिल काम हो, केहि समय अदालतको मुद्धा मामिलाले पनि अड्कायो, अब २०७५ जेठमा मात्रै अनलाइन सेयर कारोबारको परिक्षण आरम्भ हुन्छ’, साउनले पत्रकार सम्मेलनमा भने । यस अघिका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले आज अर्थात कात्तिक २१ देखि अनलाइन सेयर कारोबार आरम्भ गर्ने घोषणा गरेका थिए । यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई insurancekhabar@gmail.com मा पठाउनु होला।
इन्स्योरेन्स खबर