IME Life New

अधिकांश लघुवित्तको नाफामा संकुचन, २१ वटा घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमास पुससम्म अधिकांश लघुवित्तको नाफामा संकुचन आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो।

समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा ह्रास आएको छ। पुस मसान्तसम्ममा त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी रु. ३ अर्ब ७ करोड र ब्याज खर्च रु. १ अर्ब ८१ करोड रहेको छ।
समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले रु. ५९ करोड खुद मुनाफा गरेका छन्। जुन अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २४.५८ प्रतिशतले कम हो।

Esewa
Crest

समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा पनि ह्रास आएको छ। यस्ता लघुवित्त वित्तीय संस्थाहरुको २०७९ पुस मसान्तमा खुद मुनाफा रु. २ अर्ब ४२ करोड रहेकोमा ८७ प्रतिशतले ह्रास भई २०८० पुस मसान्तमा खुद मुनाफा ३१ करोड पुगेको छ।

समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी रु. २४ अर्ब ७४ करोड र ब्याज खर्च रु. १५ अर्ब ५२ करोड रहेको छ। यस अवधिमा सञ्चालित ५४ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुमध्ये २१ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS