IME Life New

अण्डरराइटिङमा देखिएको समस्याको विषयमा बीमा समिति र कम्पनीहरुबीच संयुक्त छलफल सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमालेख प्रस्ताव स्वीकार गर्दा जोखिमांकन अर्थात् अण्डरराइटिङमा देखिएको समस्या सम्बन्धमा आज बीमा समिति र बीमा कम्पनीबीच संयुक्त छलफल भएको छ । छलफलमा प्रमुख कार्यकारी अधिकृतहरुले बीमा सम्बन्धमा हुने जालझेल र फट्याइँ नियन्त्रणको लागी आफूहरुले चनाखो भएर बीमा प्रस्तावको मूल्यांकन गर्ने र स्वीकार्ने कार्य गर्दै आएपनि अपवादका रुपमा केही अप्रिय घटना भएको जिकीर गरेका थिए ।

बीमाको प्रस्ताव लिएर आउने अभिकर्ताहरुलाई जस्तो सुकै र जोसुकैबाट बीमाको प्रस्ताव नलिन र जोखिमको प्रारम्भिक मूल्यांकन गरेर मात्र प्रस्ताव फारम भर्न लगाउनको लागी विशेष प्रशिक्षण दिनुपर्ने सुझाव दिइएको छ । बीमा कम्पनीहरुबीच बढ्दो प्रतिस्पर्धाका कारण जसरी भएपनि व्यवसायीक लक्ष्य पुरा गर्नैपर्ने दौडमा सबै बीमा कम्पनीहरु लाग्दा व्यवसायीक मर्यादाको उलंघन हुने गरेको भन्दै नियामकले सचेत गराएको छ ।

Esewa
Crest

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई अण्डरराइटिङमा देखिएका समस्या समाधानको लागी लिखित सुझाव सहित उपस्थित हुन गत साता मौखिक निर्देशन दिएका थिए । सोही अनुसार प्रमुख कार्यकारी अधिकृतहरुले अण्डरराइटिङमा भइरहेको अभ्यास, समस्या र कमजोरी दोहोरिन नदिनको लागी नियामक तथा बीमकको भूमिकाबारे उल्लेख गरेका छन् ।

साढे दुई करोड रुपैयाँ जीवन बीमा दाबीको मुद्दामा कोहलपुरका सुकुम्बासी २१ वर्षिय यूवक सर्जन विकको हत्या भएपछि अण्डरराइटिङमा कमजोरी भएको प्रारम्भिक निष्कर्षसहित बीमा समितिले आवश्यक सतर्कताको लागी बीमा कम्पनीहरुलाई थप कडाईका साथ अण्डरराइटिङको मूल्य मान्यता र अभ्यासहरुको पालना गर्न निर्देशन जारी गर्दैछ ।

सर्जन बिकको बीमा प्रस्ताव स्वीकार्दा उनको नागरिकता, आम्दानीको श्रोत खुल्ने कागजलगायतका प्रमाणहरु प्राप्त भएपनि विवाह दर्ताको कागज बीमालेख जारी भएपछिको मितिमा जारी गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाई छ ।

बीमा कम्पनीको अण्डरराइटिङ विभागका अनुभवीहरुका अनुसार वित्तीय जोखिमांकन र स्वास्थ्य प्रतिवेदनमा समस्या नदेखिए पनि मोरल हजार्ड रिपोर्ट९एमएचआर० अर्थात् नैतिक जोखिम प्रतिवेदनमा व्यापक कमजोरी देखिएको छ । सर्जन बिक भनिने बीमित सुकुम्बासी र बालुवा डिप्पोमा काम गर्ने मजदूर भएकाले उनको आर्थिक हैसियत ठीक भए नभएको र एक करोड ५० लाख रुपैयाँ बीमांकको बीमा गर्न योग्य भए नभएको सम्बन्धमा बीमा कम्पनीको स्थानीय कर्मचारीले स्थलगत जानकारी लिन चुकेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS