IME Life New

अझै बलियो बन्दै नेपाल लाइफ इन्स्योरेन्स, जीवन बीमा कोष ७२ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २० करोड ४४ लाख खुद नाफा गरेको छ।  गत वर्ष सोही अवधिमा कम्पनीले २० करोड ४१  लाख कमाएको थियो। यस अवधिमा पुँजी वृद्धि २५ प्रतिशत तर कम्पनीको खुद नाफामा खासै ठुलो वृद्धि नदेखिएकाले कम्पनीको प्रति शेयर आम्दानीमा गिरावट आएको छ तर जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष २८ प्रतिशतले घट्दै २ अर्ब ६४ करोड  पुगेको छ भने जीवन बीमा कोष ३३ प्रतिशतले वृद्धि हुँदै ७२ अर्ब ३३ करोड पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम ४४ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ८१ करोड पुगेको छ भने खुद दावी भुक्तानी ३६ प्रतिशतले कम हुँदै १ अर्ब ६७ करोड छ।

भुक्तानी हुन् बाँकी दावी १ प्रतिशतले घट्दै १ अर्ब ३० करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS