IME Life New

अझै कति विकास बैंकको शेयर किन्दा पाइन्छ लाभांश ? (सूची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सुचिकृत विकास बैंकहरु मध्ये ८ विकास बैंकले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव गरेका छन् भने केहीले साधारण सभा गरेर प्रस्तावित लाभांशलाइ अन्तिमरुप दिएका छन्। विकास बैंकको संचालक समितिको बैठकले सर्वप्रथम लाभांश प्रस्ताव गर्ने गर्छन।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पछि कम्पनीको बुक क्लोज र साधारणसभाको मिति तय गर्छ , बुक क्लोज सुरु भएको मिति भन्दा एक दिन अघि सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनुको साथै प्रतावित लाभांश प्राप्त गर्ने गर्छन।

Esewa
Crest

बुक क्लोज भैसकेका कम्पनीहरु :
८ विकास बैंक मध्य ५ विकास बैंकले साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरिसकेको अवस्था छ।  सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बीनी बिकास बैंकले लाभांश र साधारणसभा प्रयोजनार्थ बुक क्लोज गरिसकेको अवस्था छ । सांग्रिला,  कामना सेवा, मुक्तिनाथ विकास बैंक र शाइन रेसुङ्गाले साधारण सभा सम्पन्न सरिक्सकेको अवस्था छ भने लुम्बीनी विकास बैंकले पौष ९ गते साधारण सभा गर्दै छ।

बुक क्लोज भैसककोकारणले गर्दा यी कम्पनीको आर्थिक वर्ष ७७/७८ को लाभांश अब शेयर खरिद गर्ने लगानीकर्ताले प्राप्त गर्ने छैनन्।

बुक क्लोज  आउन बाँकी कम्पनीहरु :
ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंकले साधारण सभा र लाभांश प्रयोनर्था बुक क्लोजको मिति तय गरेको अवस्था भए  पनि बुक क्लोजको मिति आउँन भने बाँकी नै छ । ज्योति विकास बैंकले साधारण सभा प्रयोजनार्थ पुष ९ गते बुक क्लोज गर्दै छ । यसको आधारमा कम्पनीको प्रस्तावित ११ प्रतिशत बोनस शेयर र ४ दशमलव ५० प्रतिशत नगद लाभांशका लागि पुष ८ गते सम्मकायम शेयरधनीहरु योग्य हुने छन् । त्यस्तै महालक्ष्मी विकास बैंकले साधारण सभा प्रयोजनार्थ पुष १३ गते बुक क्लोज गर्दै छ ।  यसको आधारमा कम्पनीको प्रस्तावित २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद लाभांशका लागि पुष १२ गते सम्म कायम शेयरधनीहरु योग्य हुने छन्।

लाभांश मात्र प्रस्ताव गरेको कम्पनी :
मितिरी डेभलपमेन्ट बैंकको  संचालक समितिको बैठकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शुन्य दशमवल ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि शेयरधनीले प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS