काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संचालक प्रतिनिधीको रुपमा रहेका सागर गुरुङले आफ्नो पदबाट राजिनामा दिएका छन् । गुरुङले आफ्नो व्यक्तिगत कार्य व्यस्तताले गर्दा कम्पनीको संचालक प्रतिनिधी जस्तो गरिमामय पदमा रही समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् । उनले दिएको राजिनामा कम्पनीको आज बैशाख १२ गते मंगलबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको जनाएको छ ।
1682419194515अजोड इन्स्योरेन्सका संचालक गुरुङले दिए राजिनामा

















